पत्रकार महासङ्घ मुस्ताङमा थकाली

चुनाव
  • Get News Alerts

tata

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली सर्वसम्मत अध्यक्षमा चुनिएका छन्। शुक्रबार सम्पन्न प्रथम अधिवेशनले थकालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्म्तले चयन गरेको हो ।

कार्यसमितिको महिला उपाध्यक्षमा सम्झना थकाली, उपाध्यक्षमा तृष्णा गौचन, सचिवमा दुर्गादेवी रसाइली, कोषाध्यक्षमा निरज थकाली, सहसचिवमा विकास विक र समावेशी सहसचिवमा फुलकुमारी नेपाली रहेका छन्। 
सदस्यहरुमा रमेश बिक, केशब बिक, हिक्मत नेपाली र कृष्णमोहन नेपाली चयन भएका छन् । अधिवेशनले प्रदेश सभासदमा चन्द्रेश्वर बस्ताकोटी, टिकाराम शर्मा, सिवानी सिंह बिक, शर्मिला गुरुङ, पेमा छेतेन बिक र रिङजीङ नाम्गेल गुरुङ चयन गरेको छ भने केन्द्रीय पार्षद्मा भीम बहादुर रसाईली, तिलक बिक,आईतलाल थकाली र सुनदेवी रसाईलीलाई रहेका छन्।

अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतमले संगठन बलियो भएमात्र पत्रकारिता बलियो हुने भन्दै जुझारु, कर्मठ र क्षमतावान पत्रकारलाई अघि बढ्न संगठनले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए। रासस

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • विश्वविद्यालय छाडेको १२ वर्षपछि जुकरवर्गलाई 'हार्वर्ड डिग्री'

    विश्वविद्यालय छाडेको १२ वर्षपछि जुकरवर्गलाई  'हार्वर्ड डिग्री'

    फेसबुक संस्थापक मार्क जुकरवर्गले हार्वर्ड विश्वविद्यालयको छात्रावास कोठाबाट आफ्नो चर्चित सामाजिक सञ्जाल फेसबुक सुरु गरेका थिए। उक्त सामाजिक सञ्जालले पाएको सफलतासँगै उनले विश्व विख्यात विश्वविद्यालय छाडे र फेसबुक संचालनमै जीवन समर्पण गरे।

  • विषालु च्याउ खाँदा नौ बिरामी

    विषालु च्याउ खाँदा झापाको कमल नगरपालिकामा दुई नाबालिकासहित नौजना बिरामी परेका छन् ।

  • ढुङ्गाले च्यापेर १३ वर्षीया बालिकाको मृत्यु

    पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका–२ की १३ वर्षीया पेवासरा रुचालको ढुङ्गाले च्याप्दा बिहीबार मृत्यु भएको छ । साठ्ठीघरेमा घाँस काट्न हिँडेकी रुचाललाई माथिबाट खसेको ढुङ्गाले च्याप्दा मृत्यु हुन पुगेको हो ।

  • महोत्तरीमा तीव्रगतिको आँधीहुरी र वर्षाले लाखौँको क्षति

    आज एकाबिहानै महोत्तरी जिल्लामा आएको तीव्रगतिको आँधीहुरी र वर्षाले लाखौँको क्षति पुर्‍याएको छ । आज बिहान सवा ५ बजेतिर अचानक तीव्रगतिमा आएको आँधीहुरी र वर्षाले जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाभित्र लाखौँको क्षति पुर्‍याएको ठाउँठाउँबाट जानकारी आएको छ ।

  • धनकुटाका भूकम्पपीडितलाई अनुदान वितरणको तयारी पूरा

    धनकुटाका भूकम्पपीडितलाई आवास निर्माणका लागि राहत अनुदान रकम वितरण गर्ने तयारी पूरा भएको जिल्ला समन्वय समितिले जनाएको छ । धनकुटा जिल्लामा अवास निर्माण अनुदानस्वरुप सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइसमक्ष माग भएको नौ करोडमध्ये पाँच करोड रुपैयाँ निकासा भएको जिल्ला समन्वय समिति, धनकुटाका स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटाले बताए। 

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी