बेमौसमी वर्षात्ले भोजपुरका ग्रामीण सडक प्रभावित

yamaha
  • Get News Alerts

united
tata
 बेमौसमी वर्षात्ले भोजपुरको मध्यपहाडी राजमार्ग लगायत ग्रामीण सडकहरू प्रभावित भएका छन्।

हालको बेमौसमी ठूलो वर्षात्का कारण जिल्लासँग तराई र गाउँसम्म जोडिएका सडक प्रभावित भएका हुन्।

गएरातिको वर्षात्का कारण भोजपुर–चखेवा हुँदै खोटाङ जाने यातायातका साधन चल्न सकेका छैनन् भने भोजपुर–लेगुवा सडकखण्डमा समेत यातायात सञ्चालन गर्न गाह्रो भएको संयुक्त बस व्यवसायी सङ्घ, भोजपुरले जनाएको छ।

भोजपुर–घोडेटार र भोजपुर–दिङ्ला सडकखण्डसमेत वर्षात्ले प्रभावित बन्दै आएको छ । कच्ची सडक वर्षाले हिलाम्य भएपछि यातायात सञ्चालन गर्न गाह्रो भएको बस चालकले बताएका छन् ।

जिल्लाको एकमात्र हवाईमार्गको समेत स्तरोन्नति भइरहेकाले बेमौसमी वर्षात्ले सडक अवरुद्ध भएपछि जिल्लाका सर्वसाधारण मारमा परेका छन् । रासस
Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • बस दुर्घटनाका घाइतेको उपचार नगरेको भन्दै मणिपाल अस्लपतालका डाक्टर नियन्त्रणमा

    बस दुर्घटनाका घाइतेको उपचार नगरेको भन्दै मणिपाल अस्लपतालका डाक्टर नियन्त्रणमा

    मुस्ताङको कागबेनीमा शनिबार भएको बस दुर्घटनामा परी घाइते भएकालाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालले उपचार नगरेपछि पोखराको फूलबारी क्लबले डाक्टरलाई नियन्त्रणमा लिएको छ।

  • पत्रकार महासङ्घ भक्तपुरमा बुढाथोकी

    पत्रकार महासङ्घ भक्तपुरमा बुढाथोकी

    नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुष्करराज बुढाथोकी निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा उपाध्यक्षमा रोशन शिल्पकार, महिला उपाध्यक्षमा कविता थापा, सचिवमा कृष्ण नेपाल, सहसचिवमा किरण बुढाथोकी, समावेशी सहसचिवमा सुन्दर शिल्पकार, कोषाध्यक्षमा मोहन वल्ल निर्वाचित भएका छन् । सदस्यहरु जयराम बास्तोला, हेमराज ढकाल, लीला श्रेष्ठ, राम तमाखु, विनोद कोजु, सुमन श्रेष्ठ, हरिशरण बास्तोला र विदुर नेपाल निर्वाचित भएका छन् ।

  • करेन्ट लागेर युवकको मृत्यु

    कैलालीको अत्तरियामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । अत्तरियास्थित धनगढी रोडमा रहेको बुद्ध डेन्टल अस्पतालको छतमा करेन्ट लागेर १६ वर्षीय झलक भाटको मृत्यु भएको हो। भाटको करेन्ट लागेर गम्भीर घाइते अवस्थामा सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माताखेतीले जनाएको छ।

  • मलेसियाबाट १८ नेपालीको उद्धार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र राहतको काम गरिरहेको सरकारले शुक्रबार ती नेपालीको उद्धार गरेको हो । विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्यालगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो।

  • उपत्यकाका प्रमुख नदीबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन

    उपत्यकाका प्रमुख नदीबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन

    उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। बाग्मती सफाइको २०६औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बिहान सिमसिमे पानी परे पनि सफाइमा ६ सय ५० भन्दा बढीको सहभागिता जुटेको सफाइ अभियन्ता एवम् अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिए। 

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी