भारतीय गाडीले ठक्कर दिँदा तीनजना गम्भीर घाइते

yamaha
  • Get News Alerts

united
tata

महोत्तरीको मटिहानीमा बिहीबार साँझ भारतीय गाडीले ठक्कर दिँदा दुई महिलासहित तीनजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा मटिहानी–४ का ३२ वर्षीया हसिना खातुन, धीरापुर–६ बस्ने २० वर्षीय बबलु साह र धनुषा जिल्लाको तुल्सियाही जब्दीकी ४० वर्षीया खैरुना खातुन रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।

मटिहानीबाट जलेश्वर आउँदै गरेको बिएसआर १ बिएल ०४७६ नंको मारुती गाडीले मटिहानी–४ स्थित सडकमा भारतबाट कपडा किनेर आउँदै गरेका तीनैजनालाई ठक्कर दिँदा उनीहरु गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए। 

घाइतेमध्ये महिला दुवैको पेटमाथिबाट चक्का चलेको र तीनै जनाको शरीरको अन्य भाग पनि किचिएकाले उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते दुवै महिलालाई गएराति अञ्चल अस्पताल जनकपुरमा प्राथमिक उपचारपश्चात् विशेष उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ भने युवक साहको उपचार भारतको मधवापुरस्थित एसएसबी क्याम्पमा भइरहेको छ ।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिप्रका, महोत्तरीले जनाएको छ । रासस

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • स्थानीय तह निर्वाचनमा युवाको काव्यिक यात्रा

    स्थानीय तह निर्वाचनमा युवाको काव्यिक यात्रा

    स्थानीय तहको निर्वाचनमा युवा नेतृत्व, युवाका सवाल र युवा मतदान लगायतका विषयलाई लिएर युवाहरूले काब्यि यात्रा सुरू गरेका छन्। #YOUthVoteNepal नामक अभियानले आइतबार काठमाडौंको वसन्तपुरबाट स्थानीय तह निर्वाचनमा युवाहरुको काव्यिक यात्रा सुरू गरेका हुन्।

  • गोरुले हान्दा बालिकाको मृत्यु

    मृत्यु हुनेमा सुर्नया गाउँपालिका–६ का अमर कुँवरकी नौ वर्षीया छोरी जानकी कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

  • आइजिपीले थाले कारबाही, घुस खाने हेडक्वाटरका २ प्रहरी निलम्वित

    आइजिपीले थाले कारबाही, घुस खाने हेडक्वाटरका २ प्रहरी निलम्वित

    प्रहरी प्रधान कार्यालयमा कार्यरत २ जना प्रहरी घुस लिएको आरोपमा निलम्वनमा परेका छन्।  चालचलन शाखामा कार्यरत प्रहरी हवल्दार शिवराज सिलवाल र प्रहरी जवान नगेन्द्रप्रसाद रिजाललाई आइजिपी प्रकाश अर्यालले निलम्बन गरेका हुन्।

  • स्वास्थ्य कर कोषको रकम पाउन संस्थाको निवेदन

    स्वास्थ्य कर कोषबाट धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोगबाट उत्पन्न हुने रोग नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि अनुदान माग गर्दै दुई सय ७३ गैरसरकारी अस्पताल र संस्थाले स्वास्थ्य मन्त्रालयमा निवदेन दर्ता गराएका छन् । 

  • सोचेपछि टाइप हुने प्रविधि बनाउँदै फेसबुक

    सोचेपछि टाइप हुने प्रविधि बनाउँदै फेसबुक

    फेसबुकले एक यस्तो प्रविधि बनाइरहेको बताएको छ, जसले प्रयोग गरी तपाईँ आफ्नो कम्प्युटरलाई दिमागले नियन्त्रण गर्न सक्नुहुनेछ र औंलाले होइन दिमागले नै टाइप गर्न सक्नुहुनेछ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी