चोरीमा संलग्न दुई भारतीय पक्राउ

yamaha
  • Get News Alerts

united
tata

झापाको भद्रपुर नगरपालिका–८ स्थित एक घरबाट चोरी गरेको आरोपमा दुईजना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहार गलगलियाका ३० वर्षीय मोहम्मद जवहुल र पश्चिम बङ्गाल नक्सालबाडीका १६ वर्षीय राहुल सोर्या रहेको वडाका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले विहिबार जानकारी दिए।

उनीहरुलाई भद्रपुर–८ स्थित सुरज रेग्मीको घरमा चोरी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । घरको झ्यालबाट मोबाइल चोरी गर्न खोजिरहेको अवस्थामा स्थानीयवासीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको निरीक्षक चौधरीले बताए। 

पक्राउ परेका मोहम्मद जबहुल तीन वर्षदेखि झापाका विभिन्न स्थानमा चोरी गर्दै आइरहेको प्रहरीलाई बयान दिएको प्रनि चौधरीले बताए। राहुल विगत छ महिनादेखि चोरी घटनामा संलग्न भएको र उनीहरुले नेपालबाट ५० भन्दा बढी साइकल र २५ भन्दा बढी मोबाइल, पर्ससहित नगद चोरी गरिसकेको प्रहरीलाई बयान दिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइसकेको प्रहरी निरीक्षक चौधरीले बताए। गत दुई साताको अवधिमा भद्रपुर क्षेत्रका एक दर्जन घर तथा पसलमा चोरी भइसकेको छ । रासस

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • स्थानीय तह निर्वाचनमा युवाको काव्यिक यात्रा

    स्थानीय तह निर्वाचनमा युवाको काव्यिक यात्रा

    स्थानीय तहको निर्वाचनमा युवा नेतृत्व, युवाका सवाल र युवा मतदान लगायतका विषयलाई लिएर युवाहरूले काब्यि यात्रा सुरू गरेका छन्। #YOUthVoteNepal नामक अभियानले आइतबार काठमाडौंको वसन्तपुरबाट स्थानीय तह निर्वाचनमा युवाहरुको काव्यिक यात्रा सुरू गरेका हुन्।

  • गोरुले हान्दा बालिकाको मृत्यु

    मृत्यु हुनेमा सुर्नया गाउँपालिका–६ का अमर कुँवरकी नौ वर्षीया छोरी जानकी कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

  • आइजिपीले थाले कारबाही, घुस खाने हेडक्वाटरका २ प्रहरी निलम्वित

    आइजिपीले थाले कारबाही, घुस खाने हेडक्वाटरका २ प्रहरी निलम्वित

    प्रहरी प्रधान कार्यालयमा कार्यरत २ जना प्रहरी घुस लिएको आरोपमा निलम्वनमा परेका छन्।  चालचलन शाखामा कार्यरत प्रहरी हवल्दार शिवराज सिलवाल र प्रहरी जवान नगेन्द्रप्रसाद रिजाललाई आइजिपी प्रकाश अर्यालले निलम्बन गरेका हुन्।

  • स्वास्थ्य कर कोषको रकम पाउन संस्थाको निवेदन

    स्वास्थ्य कर कोषबाट धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोगबाट उत्पन्न हुने रोग नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि अनुदान माग गर्दै दुई सय ७३ गैरसरकारी अस्पताल र संस्थाले स्वास्थ्य मन्त्रालयमा निवदेन दर्ता गराएका छन् । 

  • सोचेपछि टाइप हुने प्रविधि बनाउँदै फेसबुक

    सोचेपछि टाइप हुने प्रविधि बनाउँदै फेसबुक

    फेसबुकले एक यस्तो प्रविधि बनाइरहेको बताएको छ, जसले प्रयोग गरी तपाईँ आफ्नो कम्प्युटरलाई दिमागले नियन्त्रण गर्न सक्नुहुनेछ र औंलाले होइन दिमागले नै टाइप गर्न सक्नुहुनेछ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी