नेपाल रेडक्रस सोसाइटी पर्सामा सेपरेटर मेसिन आएपछि बिरामीलाई सुविधा

yamaha
  • Get News Alerts

united
tata

नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा वीरगन्जमा रहेको रक्तसञ्चार केन्द्रमा सेपरेटर मेसिन जडान भएपछि रगत अभावको समस्या अब नहुने निश्चित भएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा रु ४० लाखको लागतमा खरिद गरेको रगत वर्गीकरण गर्ने सेपरेटर मेसिन सञ्चालनमा आएपछि रगत अभावको समस्या समाधान हुने रक्तसञ्चार केन्द्रका कर्मचारीहरुले बताएका छन् ।

अनियन्त्रित विद्युत्भार कटौतीका कारण सेपरेटर मेसिन सञ्चालनमा आउन नसकेपछि स्थानीय व्यापारी तथा समाजसेवीको ११ लाख रुपैयाँ आर्थिक सहयोगमा ३० केभिएको जेनेरेटर तथा अन्य उपकरण उपलब्ध गराएपछि रक्तसञ्चार केन्द्रले सेवा प्रवाह सुरु गरेको उद्योगपति विजय सरावगीले बताए। 

बिहीबार रक्तसञ्चार केन्द्रले अयोजना गरेको कार्यक्रममा उपकरण तथा जेनेरेटर हस्तान्तरण गरिएको जानकारी गराउँदै सरावगीले सेपरेटर मेसिन सञ्चालनमा आएपछि बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुर तथा सिमावर्ती भारतीय क्षेत्रबाट वीरगन्जमा उपचार गराउन आउने बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे। 

सङ्कलन गरिएका रगतलाई वर्गीकृत गरी प्लाज्मा, प्लेटलेट्स, क्रायो र पेकसेल छुट्याएपछि चिकित्सकको सल्लाहअनुसार बिरामीलाई आवश्यक तत्व दिन सकिने रक्तसञ्चार केन्द्र, वीरगन्जका प्रमुख प्रविण मानन्धरले जानकारी दिए। 

डेङ्गु, थाइसिमिया, सर्पदंश र करेन्ट लागे वा आगोमा जलेका बिरामीका लागि भरतपुर तथा काठमाडौँबाट वर्गिकृत रगत ल्याउनुपर्ने अवस्थाको अन्त्य सेपरेटर मेसिनले गरेको प्रमुख मानन्धरको भनाइ छ ।

वीरगन्जमा वर्गिकृत रगतको उपलब्धता नभएका कारण भरतपुर तथा काठमाडौँमा उपचार गराउन जाँदा बिरामीको ज्यान जोखिममा पर्नाका साथै समय र रकम दुवै बढी खर्चिनुपर्ने अवस्था थियो ।

रक्तसञ्चार केन्द्रमा सेपरेटर मेसिनको सञ्चालनसँगै वर्गिकृत रगत उपलब्ध भएपछि बिरामीको ज्यान जोखिम घटाउनाका साथै समय र पैसा दुवैको बचत गरेको जानकारहरु बताउँछन् । रासस

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • स्थानीय तह निर्वाचनमा युवाको काव्यिक यात्रा

    स्थानीय तह निर्वाचनमा युवाको काव्यिक यात्रा

    स्थानीय तहको निर्वाचनमा युवा नेतृत्व, युवाका सवाल र युवा मतदान लगायतका विषयलाई लिएर युवाहरूले काब्यि यात्रा सुरू गरेका छन्। #YOUthVoteNepal नामक अभियानले आइतबार काठमाडौंको वसन्तपुरबाट स्थानीय तह निर्वाचनमा युवाहरुको काव्यिक यात्रा सुरू गरेका हुन्।

  • गोरुले हान्दा बालिकाको मृत्यु

    मृत्यु हुनेमा सुर्नया गाउँपालिका–६ का अमर कुँवरकी नौ वर्षीया छोरी जानकी कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

  • आइजिपीले थाले कारबाही, घुस खाने हेडक्वाटरका २ प्रहरी निलम्वित

    आइजिपीले थाले कारबाही, घुस खाने हेडक्वाटरका २ प्रहरी निलम्वित

    प्रहरी प्रधान कार्यालयमा कार्यरत २ जना प्रहरी घुस लिएको आरोपमा निलम्वनमा परेका छन्।  चालचलन शाखामा कार्यरत प्रहरी हवल्दार शिवराज सिलवाल र प्रहरी जवान नगेन्द्रप्रसाद रिजाललाई आइजिपी प्रकाश अर्यालले निलम्बन गरेका हुन्।

  • स्वास्थ्य कर कोषको रकम पाउन संस्थाको निवेदन

    स्वास्थ्य कर कोषबाट धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोगबाट उत्पन्न हुने रोग नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि अनुदान माग गर्दै दुई सय ७३ गैरसरकारी अस्पताल र संस्थाले स्वास्थ्य मन्त्रालयमा निवदेन दर्ता गराएका छन् । 

  • सोचेपछि टाइप हुने प्रविधि बनाउँदै फेसबुक

    सोचेपछि टाइप हुने प्रविधि बनाउँदै फेसबुक

    फेसबुकले एक यस्तो प्रविधि बनाइरहेको बताएको छ, जसले प्रयोग गरी तपाईँ आफ्नो कम्प्युटरलाई दिमागले नियन्त्रण गर्न सक्नुहुनेछ र औंलाले होइन दिमागले नै टाइप गर्न सक्नुहुनेछ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी