मोटरेबल पुलको टसल बाढीले बगायो

yamaha
  • Get News Alerts

united
tata

खोटाङको राजापानी र बतासे जोड्ने साप्सु खोला पुलको टसल बाढीले बगाएको छ । ठेकेदारको लापर्बाहीका कारण छ महिनाअघि दोस्रोपल्ट म्याद थपिएको पुल ढलानका लागि उभ्याइएको टसल बुधबार आएको बाढीले बगाएको हो ।

यही वैशाख मसान्तसम्म सम्पन्न गर्ने म्याद रहेको पुलको टसल बगाएपछि बाँकी समयमा पुल निर्माणको काम नहुने देखिएको छ । पुल ढलानका लागि तयार पारिएको फलामका फर्मा बङ्ग्याउनुका साथै केही फर्मा बगाएको ठेकेदार कम्पनी देवसायर एन्ड कान्छाराम जेभीका ठेकेदार कर्ण खत्रीले बताए। 

छ करोडमा दुई वर्षमा पूरा गर्ने गरी २०७१ सालमा सम्झौता भएको पुलको काम अझै पनि पूरा हुन सकेको छैन । ठेकेदारले हरेक वर्ष बर्षा सुरु भएपछि मात्र काम सुरु गर्ने गरेकाले बेलामा पुल नबनेको राजापानीका स्थानीयवासी पुण्य रेग्मीले बताए। 

निर्माण गर्ने समय गुजारेकोमा साप्सु पुलका ठेकेदारले जरिवाना तिर्दै आएको स्रोतले जनाएको छ । दोस्रो पटक थपिएको म्यादभित्र पनि पुल निर्माणको काम नहुने भएपछि स्थानीयवासी असन्तुष्ट बनेका छन् । रासस 

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • बस दुर्घटनाका घाइतेको उपचार नगरेको भन्दै मणिपाल अस्लपतालका डाक्टर नियन्त्रणमा

    बस दुर्घटनाका घाइतेको उपचार नगरेको भन्दै मणिपाल अस्लपतालका डाक्टर नियन्त्रणमा

    मुस्ताङको कागबेनीमा शनिबार भएको बस दुर्घटनामा परी घाइते भएकालाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालले उपचार नगरेपछि पोखराको फूलबारी क्लबले डाक्टरलाई नियन्त्रणमा लिएको छ।

  • पत्रकार महासङ्घ भक्तपुरमा बुढाथोकी

    पत्रकार महासङ्घ भक्तपुरमा बुढाथोकी

    नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुष्करराज बुढाथोकी निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा उपाध्यक्षमा रोशन शिल्पकार, महिला उपाध्यक्षमा कविता थापा, सचिवमा कृष्ण नेपाल, सहसचिवमा किरण बुढाथोकी, समावेशी सहसचिवमा सुन्दर शिल्पकार, कोषाध्यक्षमा मोहन वल्ल निर्वाचित भएका छन् । सदस्यहरु जयराम बास्तोला, हेमराज ढकाल, लीला श्रेष्ठ, राम तमाखु, विनोद कोजु, सुमन श्रेष्ठ, हरिशरण बास्तोला र विदुर नेपाल निर्वाचित भएका छन् ।

  • करेन्ट लागेर युवकको मृत्यु

    कैलालीको अत्तरियामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । अत्तरियास्थित धनगढी रोडमा रहेको बुद्ध डेन्टल अस्पतालको छतमा करेन्ट लागेर १६ वर्षीय झलक भाटको मृत्यु भएको हो। भाटको करेन्ट लागेर गम्भीर घाइते अवस्थामा सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माताखेतीले जनाएको छ।

  • मलेसियाबाट १८ नेपालीको उद्धार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र राहतको काम गरिरहेको सरकारले शुक्रबार ती नेपालीको उद्धार गरेको हो । विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्यालगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो।

  • उपत्यकाका प्रमुख नदीबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन

    उपत्यकाका प्रमुख नदीबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन

    उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। बाग्मती सफाइको २०६औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बिहान सिमसिमे पानी परे पनि सफाइमा ६ सय ५० भन्दा बढीको सहभागिता जुटेको सफाइ अभियन्ता एवम् अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिए। 

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी