दमौली अस्पतालमा बिरामीको सङ्ख्या बढ्यो

चुनाव
  • Get News Alerts

tata

एक सातायतादेखि दमौली अस्पतालमा रुघाखोकी र झाडापखालाका बिरामीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको छ ।

दैनिक १५० भन्दा बढी त्यस्ता रोगका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

वैशाख लागेदेखि नै त्यस्ता रोगका बिरामीको सङ्ख्या बढेको हो । यसअघि उक्त रोगका बिरामी छिटफुट रुपमा मात्रै उपचारका लागि आउने गर्थे ।

दमौली अस्पतालका डा कुलदीप केसीले रुघाखोकी र झाडापखालाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको बताए । 'अत्यधिक गर्मी बढेसँगै त्यस्ता बिरामीको सङ्ख्या बढेको हो,' डा केसीले भने। आकस्मिकमा समेत दैनिक ३५/४० जना बिरामी उपचारका लागि आउने गरेको अस्पतालकी अहेब रामकला पन्थले बताइन्। 

बिरामीको अवस्था हेरेर एन्टिबायोटिकसमेत दिने गरिएको उनले बताइन्। बिरामीलाई पानी उमालेर खान, बासी सडेगलेका खानेकुरा नखान, वरपरको वातावरण सफा राख्न, शौचालय गएपछि साबुन पानीले हात धुन, सफा सुग्धर भएर बस्न सल्लाह दिँदै आएको अस्पतालका चिकित्सकले बताए ।

ब्यास नपा, जामुने, रिसिङ, म्याग्देलगायतका गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेको बताइएको छ । रासस

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • हुकिङ गरी विद्युत चुहावट गर्ने २६ पक्राउ

    हुकिङ गरी विद्युत चुहावट गर्ने २६ जनालाई आज पक्राउ गरी नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लहानले जरिवाना तिराएको छ । प्राधिकरणका कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनको क्रममा जिल्लाको विभिन्न स्थानमा विद्युतीय सामग्रीसहित पक्राउ परेका २६ जनाबाट एक लाख ४३ हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।

  • क्षतिपूर्ति विवादका कारण सेवाग्राही सञ्चारविहीन अवस्थामा

    नेपाल टेलिकम कार्यालय जनकपुर र एकीकृत सहरी विकास आयोजनाबीच देखिएको क्षतिपूर्ति विवादका कारण डेढ हजारभन्दा बढी सेवाग्राही सञ्चारविहीन भएका छन् । आयोजनाले बाटो विस्तार र नाला बनाउने क्रममा नेपाल टेलिकमको भूमिगत तथा एरियल तामाको तार र अप्टिकल फाइवर तारको नेटवर्कमा क्षति पु¥याएकाले सो अवस्था सिर्जना भएको हो ।

  • भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

    भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

    सरकारले भोलि बिहिबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। रातो मत्स्यन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले भोलि काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा हुने भएको गृह मन्त्रालयले जनाएको छ।

  • नदी उत्खननमा वैज्ञानिक प्रणाली अपनाइने

    झापा जिल्लामा भएका नदीबाट अगामी आर्थिक वर्षका लागि गरिने उत्खननका लागि वैज्ञानिक प्रणाली लागू गरिने प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले निर्णय गरेको छ ।नदीको जथाभावी उत्खनन कार्यले स्थानीयवासीले विरोध मात्र होइन प्रतिकार गर्ने, महेन्द्र राजमार्गसँग जोडिएका कन्काई पुल, निन्दा पुल र विरिङ पुल खतरामा पर्न जाने, कतिपय धार्मिक महत्व एवम् पर्यटकस्थल जोखिममा पर्ने र सिँचाइका लागि प्रयोग हुने कुलो पैनी एवम् नहर सुक्न थालेपछि यस्तो निर्णय गरिएको हो ।

  • जुम्लाको जिल्ला प्रहरी कार्यालयमै खानेपानीको हाहाकार

    ग्रामीण दुर्गम बस्तीका त कुरै छोडौँ, जिल्ला प्रहरी कार्यालय जुम्लामा लामो समयदेखि पानीको हाहाकार छ । द्वन्द्वकालमा भत्केको जिल्ला प्रहरी कार्यालय जुम्ला पुनःनिर्माण हुँदाको बेलादेखि खानेपानीको व्यवस्थापन नगरिँदा यो समस्या बढ्दै भएको हो । हाल २०० को सङ्ख्यामा प्रहरी जनशक्ति बहाल रहेको र बेलाबेलामा बढ्दै जाने गरेको तर खानेपानी जुगाड गर्ने पहलले सार्थकता नपाएकाले सिङ्गो प्रहरी सङ्गठन समस्यामा परेको प्रहरी निरीक्षक मुकुन्द रिजालले दुखेसो गरे।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी