रकम हिनामिना गरेर बेपत्ता बैंकर खनालको जायजेथा रोक्का

yamaha
  • Get News Alerts

united
कैलाश विकास बैंकको लामाचौर शाखाका सबै कर्मचारी निलम्बित
tata

कैलाश विकास बैंकले आर्थिक अनियमितता गरी भागेका पोखरा लाचाचौर शाखाका प्रमुख रविचन्द्र खनालसहित ५ कर्मचारी निलम्बित गरेको छ । उक्त शाखामा बैंकले बुधबारदेखि अरू कर्मचारी खटाएको छ। कर्मचारीले पैसा हिनामिना गरेको खबर सार्वजनिक भएपछि निक्षेपको चिन्ताले शाखा पुगेका कतिपय ग्राहकलाई बैंकले पैसासमेत दिएको छ।

कतिपयलाई पनि बचतकर्ताको पैसा केही नहुने भन्दै विश्वस्त पारेर फर्काएको छ ।

खनालको तनहुँस्थित पुख्यौली सम्पतिसहित, पोखरा पर्स्याङको घरजग्गा र गगनगौंडाको जमिन जस्ता जायजेथा रोक्का गरिएको कैलाश विकास बैंकको पोखरा क्षेत्रीय कार्यालय प्रमुख सूर्य तिवारीले सेतोपाटीलाई बताए। उनले भने, ‘अडिट चलिरहेको छ, कति हिनामिना भयो भन्ने यकीन भइसकेको छैन। तर जति हिनामिना भएको हो, त्यति उनको जायजेथाबाट असुल्न सकिने मात्रैमै भएको अनुमान गरेका छौं।’

आर्थिक हिनामिनाको यकीन विवरण निकाल्न बैंकले अहिले अडिट गरिरहेको छ। अडिट पूरा नभएकाले पूरा तथ्यांक नआएको तिवारीले बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी गरिसकेको बैंकले अडिटमा पत्ता लागेपछिको आर्थिक अनियमितताको विवरण प्रहरीलाई उपलब्ध पनि गराउँदैछ। फेक ट्रान्जेक्सनबाट खनालले बैंकको पैसा हिनामिना गरेको अड्कल काटिएको छ ।

लायन्स क्लबको कार्यक्रमका सिलसिलामा केही समयअघि अमेरिका घुमेर फर्केका खनालसँग उक्त देशको ५ वर्षको भिसा रहेकाले उतै गएको अनुमान छ । त्रिभुवन विमानस्थल काठमाडौंको अध्यागमन कार्यालयको रेकर्डले खनाल देशबाट बाहिरिइसकेको देखिएको छ ।

अहिलेसम्मको अडिटबाट खनालले झन्डै २ करोड हिनामिना गरेको देखिए पनि त्यो रकम अझै बढी हुनसक्ने अनुमान छ । अडिट पूरा भएपछि यकीन विवरण आउनेछ । खनालले बैंकबाट पैसा उछिट्याउनुका अलावा आफ्ना साथीभाइ, चिनेजानेका तथा बैंकका ग्राहकसँग पनि व्यक्तिगत रुपमा पैसा उठाएको र सहकारीबाट पनि पैसा लिएको बैंकरहरू बताउँछन् ।  त्यस्तो खराब नहोला भन्ने साथीबाट करोडौं रुपमा ठगिएको खनालका साथीभाइले बताइरहेका छन् । तर उनीहरूमध्ये कसैले पनि प्रहरीमा उजुरी भने गरेका छैनन् ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैंक व्यवस्थापनले खनाल भागेको थाहा पाउनासाथ अडिट टोलीलाई पोखरा पठाएको थियो । बेपत्ता खनाल कैलाश विकास बैंकमा आउनुअघि नेपाल एक्सप्रेस फाइनान्सको पोखरा, सभागृहचोकस्थित शाखा प्रमुख थिए । उक्त फाइनान्स गएको वर्षमात्रै कैलाश विकास बैंकमा मर्ज भएको हो । सँगसँगै मेट्रो विकास बैंक पनि मर्ज भएको थियो । एउटा शाखा हेरिसकेको व्यक्ति भनेरै कैलाशले लामाचौर शाखामा खनाललाई जिम्मेवारी सुम्पेको थियो ।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • बस दुर्घटनाका घाइतेको उपचार नगरेको भन्दै मणिपाल अस्लपतालका डाक्टर नियन्त्रणमा

    बस दुर्घटनाका घाइतेको उपचार नगरेको भन्दै मणिपाल अस्लपतालका डाक्टर नियन्त्रणमा

    मुस्ताङको कागबेनीमा शनिबार भएको बस दुर्घटनामा परी घाइते भएकालाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालले उपचार नगरेपछि पोखराको फूलबारी क्लबले डाक्टरलाई नियन्त्रणमा लिएको छ।

  • पत्रकार महासङ्घ भक्तपुरमा बुढाथोकी

    पत्रकार महासङ्घ भक्तपुरमा बुढाथोकी

    नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुष्करराज बुढाथोकी निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा उपाध्यक्षमा रोशन शिल्पकार, महिला उपाध्यक्षमा कविता थापा, सचिवमा कृष्ण नेपाल, सहसचिवमा किरण बुढाथोकी, समावेशी सहसचिवमा सुन्दर शिल्पकार, कोषाध्यक्षमा मोहन वल्ल निर्वाचित भएका छन् । सदस्यहरु जयराम बास्तोला, हेमराज ढकाल, लीला श्रेष्ठ, राम तमाखु, विनोद कोजु, सुमन श्रेष्ठ, हरिशरण बास्तोला र विदुर नेपाल निर्वाचित भएका छन् ।

  • करेन्ट लागेर युवकको मृत्यु

    कैलालीको अत्तरियामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । अत्तरियास्थित धनगढी रोडमा रहेको बुद्ध डेन्टल अस्पतालको छतमा करेन्ट लागेर १६ वर्षीय झलक भाटको मृत्यु भएको हो। भाटको करेन्ट लागेर गम्भीर घाइते अवस्थामा सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माताखेतीले जनाएको छ।

  • मलेसियाबाट १८ नेपालीको उद्धार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र राहतको काम गरिरहेको सरकारले शुक्रबार ती नेपालीको उद्धार गरेको हो । विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्यालगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो।

  • उपत्यकाका प्रमुख नदीबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन

    उपत्यकाका प्रमुख नदीबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन

    उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। बाग्मती सफाइको २०६औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बिहान सिमसिमे पानी परे पनि सफाइमा ६ सय ५० भन्दा बढीको सहभागिता जुटेको सफाइ अभियन्ता एवम् अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिए। 

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी