वन्यजन्तु सप्ताह सम्पन्न

yamaha
  • Get News Alerts

united
tata

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको अगुवाइमा यही वैशाख १ गतेदेखि सुरु भएको साताव्यापी ‘२२औँ वन्यजन्तु सप्ताह’ विभिन्न कार्यक्रम गरी आज सम्पन्न भएको छ ।

‘युवाको अग्रसरतामा संरक्षण र समृद्धिको सुनिश्चितता’ नाराका साथ आज विभागमा आयोजित समापन समारोहमा वन तथा भू–संरक्षण राज्यमन्त्री दीर्घराज भाटले वन जङ्गल नै सबै प्राणीको बाँच्ने आधार भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताए। 

राज्यका ठूला पूर्वाधार निर्माण गर्नेदेखि विभिन्न सामाजिक संस्थाले संरचना बनाउँदा वन जङ्गलको क्षेत्रमाथि दबाब बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्र्दै राज्यमन्त्री भाटले भने – “जैविक विविधता संरक्षणका लागि सचेतनाका कार्यक्रम सहरमा मात्र नभई ग्रामीणस्तरसम्म पु¥याउनु आवश्यक छ ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले वन्यजन्तु संरक्षणका बारेमा विद्यालयस्तरदेखि नै सबैलाई सचेत गराउनुपर्ने बताउँदै संरक्षणका कार्यमा युवाको भूमिका अझ बढी महत्वपूर्ण हुनेमा जोड दिए। 

वन सचिव प्रकाश माथेमाले वन्यजन्तु संरक्षणका लागि सप्ताह व्यापी सचेतनामुखी कार्यक्रम प्रभावकारी देखिएको बताउँदै मन्त्रालयले स्थानीयस्तरमा जनतासँग मिलेर जैविक विविधता संरक्षणका कार्य गरिरहेको जानकारी गराए। 

कार्यक्रममा विभागका महानिर्देशक मनबहादुर खड्का, उपमहानिर्देशक शेरसिंह ठगुन्ना, जलाधार तथा भू–संरक्षण विभागका महानिर्देशक विजयराज पौडेल, नेपाल प्रकृति संरक्षण कोषका सदस्य सचिव डा गोविन्द गजुरेललगायतले सरकार र स्थानीय जनताको सक्रिय सहभागितामा हुने वन्यजन्तु संरक्षणका कार्यक्रम बढी प्रभावकारी हुने बताए। रासस

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • स्थानीय तह निर्वाचनमा युवाको काव्यिक यात्रा

    स्थानीय तह निर्वाचनमा युवाको काव्यिक यात्रा

    स्थानीय तहको निर्वाचनमा युवा नेतृत्व, युवाका सवाल र युवा मतदान लगायतका विषयलाई लिएर युवाहरूले काब्यि यात्रा सुरू गरेका छन्। #YOUthVoteNepal नामक अभियानले आइतबार काठमाडौंको वसन्तपुरबाट स्थानीय तह निर्वाचनमा युवाहरुको काव्यिक यात्रा सुरू गरेका हुन्।

  • गोरुले हान्दा बालिकाको मृत्यु

    मृत्यु हुनेमा सुर्नया गाउँपालिका–६ का अमर कुँवरकी नौ वर्षीया छोरी जानकी कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

  • आइजिपीले थाले कारबाही, घुस खाने हेडक्वाटरका २ प्रहरी निलम्वित

    आइजिपीले थाले कारबाही, घुस खाने हेडक्वाटरका २ प्रहरी निलम्वित

    प्रहरी प्रधान कार्यालयमा कार्यरत २ जना प्रहरी घुस लिएको आरोपमा निलम्वनमा परेका छन्।  चालचलन शाखामा कार्यरत प्रहरी हवल्दार शिवराज सिलवाल र प्रहरी जवान नगेन्द्रप्रसाद रिजाललाई आइजिपी प्रकाश अर्यालले निलम्बन गरेका हुन्।

  • स्वास्थ्य कर कोषको रकम पाउन संस्थाको निवेदन

    स्वास्थ्य कर कोषबाट धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोगबाट उत्पन्न हुने रोग नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि अनुदान माग गर्दै दुई सय ७३ गैरसरकारी अस्पताल र संस्थाले स्वास्थ्य मन्त्रालयमा निवदेन दर्ता गराएका छन् । 

  • सोचेपछि टाइप हुने प्रविधि बनाउँदै फेसबुक

    सोचेपछि टाइप हुने प्रविधि बनाउँदै फेसबुक

    फेसबुकले एक यस्तो प्रविधि बनाइरहेको बताएको छ, जसले प्रयोग गरी तपाईँ आफ्नो कम्प्युटरलाई दिमागले नियन्त्रण गर्न सक्नुहुनेछ र औंलाले होइन दिमागले नै टाइप गर्न सक्नुहुनेछ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी