बर्दीमा रहेका ट्राफिक प्रहरी इन्स्पेक्टरमाथि भृकुटीमण्डपमा कुटपिट

चुनाव
  • Get News Alerts

tata
ड्युटीमा खटिएका ट्राफिकलाई कुमारीपाटीको बीच सडकमै एक महिलाले हातपात गरेको घटनापछि बुधबार राजधानीमा अर्को त्यस्तै घटना भएको छ। एक युवकले भृकुटीमण्डपमा बर्दीधारी ट्राफिक प्रहरीमाथि हात उठाएका हुन्। यो घटना त्यतिबेला भयो, जब ट्राफिक प्रहरी महाशाखाको गाडीमा इन्सपेक्टर भोला भट्टसहितको टोली गस्तीमा निस्किएको थियो। एक्कासि एक युवक गस्ती गाडीको पछाडि गएर बसे। ट्राफिक प्रहरीले गाडीमा बस्ने युवकलाई बाहिर आउन आग्रह गरे।
 
ती युवकले अटेर गरेपछि ट्राफिक प्रहरी हवल्दारले तानेर बाहिर निकाले। बाहिर आउनेबित्तिकै उनले ट्राफिक प्रहरी हवल्दारमाथि नै मुक्का प्रहार गरे। त्यहीँ रहेका दुई जना ट्राफिक प्रहरी जवानले सम्हाल्न खोज्दा उनले तीमाथि पनि हातपातको प्रयास गरे।
 
ड्युटीमा खटिएका ट्राफिक प्रहरीसँगै हात हालाहाल भएपछि इन्सपेक्टर भट्ट छुट्याउन गए। ती युवकले भने छुट्टयाउन आएका भट्टकै कठालो समाते। पछि नजिकै रहेको महेन्द्र पुलिस क्लबमा खटिएका प्रहरी गएर ती युवकलाई नियन्त्रणमा लिएका थिए। 
 
यो घटनामा हातपात गरिएका प्रहरीको बर्दी च्यात्तिएको छ। ट्राफिक प्रहरीले लगाउने टाई र बर्दीमा रहेको नेमप्लेट भुइँमा झरेको थियो। युवकले भट्टको कठालो समात्दा उनको घाटीमा चोट लागेको छ। 
 
प्रहरीले युवकलाई समातेर महेन्द्र पुलिस क्लब ल्याइसकेपछि पनि ती युवकले एक प्रहरीमाथि मुक्का हानेका थिए। जथाभाबी हात छाड्न थालेपछि प्रहरीले ती युवकलाई हतकडी लगाएर राखेको थियो। अहिले प्रहरी कुट्ने युवक सिंहदरबार प्रहरी वृत्तमा छन्।
 
ट्राफिक प्रहरीका अनुसार ती युवक सर्लाही घर भएका सन्तोष साह विश्वकर्मा हुन्। उनी लागुऔषध दुर्व्यसनी भएको प्रहरीले जनाएको छ। उनलाई स्वास्थ्य अवस्था जाँच गर्न अस्पताल पठाइएको सिहंदरबार वृत्तका डिएसपी मनोहर भट्टले जानकारी दिए। ‘स्वास्थ्य रिर्पोट आइसकेपछि कारबाही प्रक्रिया अघि बढ्नेछ,’ उनले भने।
 
यसअघि चैत २४ गते ललितपुरको कुमारीपाटीमा पनि ट्राफिक प्रहरी जवान कुटिएका थिए। अमेरिका निवासी शोभा कार्कीले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि हातपात गरेकी थिइन्। नो पार्किङमा राखेको गाडी हटाउन आग्रह गर्दा आफूमाथि हातपात भएको घिमिरेको भनाइ थियो। 
 
प्रहरी कुट्ने कार्कीलाई कांग्रेस नेता जगदिशनरसिंह केसीको दबाबमा ललितपुर प्रहरीले छाडेको थियो।
Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • विश्वविद्यालय छाडेको १२ वर्षपछि जुकरवर्गलाई 'हार्वर्ड डिग्री'

    विश्वविद्यालय छाडेको १२ वर्षपछि जुकरवर्गलाई  'हार्वर्ड डिग्री'

    फेसबुक संस्थापक मार्क जुकरवर्गले हार्वर्ड विश्वविद्यालयको छात्रावास कोठाबाट आफ्नो चर्चित सामाजिक सञ्जाल फेसबुक सुरु गरेका थिए। उक्त सामाजिक सञ्जालले पाएको सफलतासँगै उनले विश्व विख्यात विश्वविद्यालय छाडे र फेसबुक संचालनमै जीवन समर्पण गरे।

  • विषालु च्याउ खाँदा नौ बिरामी

    विषालु च्याउ खाँदा झापाको कमल नगरपालिकामा दुई नाबालिकासहित नौजना बिरामी परेका छन् ।

  • ढुङ्गाले च्यापेर १३ वर्षीया बालिकाको मृत्यु

    पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका–२ की १३ वर्षीया पेवासरा रुचालको ढुङ्गाले च्याप्दा बिहीबार मृत्यु भएको छ । साठ्ठीघरेमा घाँस काट्न हिँडेकी रुचाललाई माथिबाट खसेको ढुङ्गाले च्याप्दा मृत्यु हुन पुगेको हो ।

  • महोत्तरीमा तीव्रगतिको आँधीहुरी र वर्षाले लाखौँको क्षति

    आज एकाबिहानै महोत्तरी जिल्लामा आएको तीव्रगतिको आँधीहुरी र वर्षाले लाखौँको क्षति पुर्‍याएको छ । आज बिहान सवा ५ बजेतिर अचानक तीव्रगतिमा आएको आँधीहुरी र वर्षाले जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाभित्र लाखौँको क्षति पुर्‍याएको ठाउँठाउँबाट जानकारी आएको छ ।

  • धनकुटाका भूकम्पपीडितलाई अनुदान वितरणको तयारी पूरा

    धनकुटाका भूकम्पपीडितलाई आवास निर्माणका लागि राहत अनुदान रकम वितरण गर्ने तयारी पूरा भएको जिल्ला समन्वय समितिले जनाएको छ । धनकुटा जिल्लामा अवास निर्माण अनुदानस्वरुप सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइसमक्ष माग भएको नौ करोडमध्ये पाँच करोड रुपैयाँ निकासा भएको जिल्ला समन्वय समिति, धनकुटाका स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटाले बताए। 

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी