खर्बपति भारतीय व्यापारी विजय माल्या लन्डनमा पक्राउ

yamaha
  • Get News Alerts

united
tata

भारतीय उद्यमी विजय माल्या लण्डनमा पक्राउ परेका छन्।

लण्डनको स्कटल्याण्डमा यार्डबाट उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई पक्राउ गर्न गत फेब्रुअरीमा भारत सरकारले बेलायतलाई आग्रह गरेको हो। बैंकिङ कसुर र आर्थिक अनियमितताको आरोप उनलाई भारतमा छानबिन थालिएको थियो। उनी त्यसबाट बच्न भाग्दै आएका थिए।

एयरलाइन्स कम्पनी किङ फिसरका मालिक समेत रहेका माल्याले बैंकबाट ऋण लिएर नतिरेको आरोप छ।

रक्सीको कारोबार गर्ने भारतीय उद्योगपति माल्याको विमान कम्पनी किङफिसरमाथि ९ हजार करोड भारतीय रुपैयाँ ऋण छ। ऋण उठाउन, किङफिसर हाउसमा सन् २०१५ मा भारतीय स्टेट बैंकको नेतृत्वमा १७ वटा बैंकले कब्जा गरेका थिए।  

धेरै ऋण र घाटाका कारण सन् २०१२ मा बन्द भएको किङफिसर विमान कम्पनीका संस्थापक  माल्या भने भारत छोडेर गएका थिए। उनीमाथि सिबीआइले मनी लन्ड्रिङको मुद्दा दायर गरेको हो।
 
माल्याले भारत छाडेको खबर सार्वजनिक हुनु अघिनै उनलाई ऋण दिएका बैंकहरुले उनी देश छाडेर भाग्न सक्ने आशंका ब्यक्त गर्दै सरकारले उनको पासपोर्ट खोस्नु पर्ने माग राखेर आदालतमा निवेदन दिएका थिए। तर संघीय अनुसन्धान निकायले उनीहरुले माग गर्नु एक हप्ता अघिनै विदेश हिँडेको जानकारी दिएपछि घटना एकाएक चर्चामा आएको थियो।
 
अब माल्यालाई बेलायतले भारतलाई सुपुर्दगी गर्नेछ। 
 
Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • स्वास्थ्य मन्त्रालयद्धारा मणिपाल अस्पताललाई खारेजीको चेतावनी

    स्वास्थ्य मन्त्रालयद्धारा मणिपाल अस्पताललाई खारेजीको चेतावनी

    मुस्ताङको कागबेनीमा शनिबार भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मिक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पतालसँग स्पष्टीकरण माग गरेको छ ।पत्र बुझेको २४ घण्टा भित्र स्पष्ट कारण र आधारसहित स्पष्टिकरण पेस गर्न मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ ।

  • स्थानीय तह निर्वाचनमा युवाको काव्यिक यात्रा

    स्थानीय तह निर्वाचनमा युवाको काव्यिक यात्रा

    स्थानीय तहको निर्वाचनमा युवा नेतृत्व, युवाका सवाल र युवा मतदान लगायतका विषयलाई लिएर युवाहरूले काब्यि यात्रा सुरू गरेका छन्। #YOUthVoteNepal नामक अभियानले आइतबार काठमाडौंको वसन्तपुरबाट स्थानीय तह निर्वाचनमा युवाहरुको काव्यिक यात्रा सुरू गरेका हुन्।

  • गोरुले हान्दा बालिकाको मृत्यु

    मृत्यु हुनेमा सुर्नया गाउँपालिका–६ का अमर कुँवरकी नौ वर्षीया छोरी जानकी कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

  • आइजिपीले थाले कारबाही, घुस खाने हेडक्वाटरका २ प्रहरी निलम्वित

    आइजिपीले थाले कारबाही, घुस खाने हेडक्वाटरका २ प्रहरी निलम्वित

    प्रहरी प्रधान कार्यालयमा कार्यरत २ जना प्रहरी घुस लिएको आरोपमा निलम्वनमा परेका छन्।  चालचलन शाखामा कार्यरत प्रहरी हवल्दार शिवराज सिलवाल र प्रहरी जवान नगेन्द्रप्रसाद रिजाललाई आइजिपी प्रकाश अर्यालले निलम्बन गरेका हुन्।

  • स्वास्थ्य कर कोषको रकम पाउन संस्थाको निवेदन

    स्वास्थ्य कर कोषबाट धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोगबाट उत्पन्न हुने रोग नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि अनुदान माग गर्दै दुई सय ७३ गैरसरकारी अस्पताल र संस्थाले स्वास्थ्य मन्त्रालयमा निवदेन दर्ता गराएका छन् । 

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी