प्रहरीले काठमाडौंका ५ वटा क्यासिनोमा छापा मारेको छ। महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले ५ वटा क्यासिनोमा छापा मारेको हो। राती ९ बजेदेखि साढे ११ बजेसम्ममा प्रहरीले सोल्टी होटल, याक एण्ड यति,सांग्रिला, र्याडिसन र हायात होटलमा रहेको क्यासिनोमा छापा मारेको महानगरीय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताए।
नेपालीहरु क्यासिनो जाने गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो। तर प्रहरीले ती क्यासिनोमा छापा मारेपनि कुनै अवैध काम उनीहरुले नगरेको भेटिएको छ। 'सूचना आएर नै हामी छापा मार्न गएका थियौं,' एसएसपी अमात्यले भने,तर केही भेटिएन।'
स्रोतका अनुसार प्रहरीले छापा मार्ने थाहा पाएपछि क्यासिनो संचालकहरुले नेपालीलाई भगाएका थिए।