उत्तरी छिमेकी चीनले राजधानी बेइजिङ शहरमा यसै वर्षदेखि चालकरहित रेल चलाउने भएको छ। बेइजिङ महानगरका अधिकारीहरुले शुक्रबार यसै वर्षदेखि चालकरहित रेल चलाउने तयारी भइरहेको बताएका छन्।
चीनमै निर्माण गरिएको सुविधा सम्पन्न चालकरहित रेल देशका अन्य भागमा पनि चलाउने योजना छ।
हाललाई बेइजिङको १६.६ किलोमिटर यानफाङ लाइनमा चालकरहित रेल चलाउने गरी काम भइरहेको छ। अहिले बेइजिङमा १९ वटा रेलवे लाइन छन्। तीनले करिब ५७४ किलोमिटर यात्रा गराउँछन्।