पत्रकार युवराज घिमिरेलाई नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित ‘कीर्ति स्मृति पत्रकारिता पुरस्कार सम्मान २०७३’ प्रदान गरिने भएको छ।
मोफसलमा स्थापित सबैभन्दा ठूलो राशीको यो पुरस्कार स्वरुप नगद एक लाख एघार हजार एक सय एघार रुपैयाँ प्रदान गरिन्छ। पहिलोपटक प्रदान गरिन लागेको यो पुरस्कारका निम्ति अन्नपूर्ण पोस्टका सम्पादक घिमिरेको छनौट गरिएको हो। महासंघ, कास्कीको शुक्रबार बसेको बैठकले घिमिरेको नाम चयन गर्ने प्रतिभा छनौट समितिको सिफारिसलाई सदर गरेको थियो।
समाजसेवी तथा उद्योगपति सूर्यवहादुर केसी र प्रेमकुमारी केसीद्वारा स्थापित यो पुरस्कार हरेक वर्ष चैत १९ गते प्रदान गर्ने निधो गरिएको छ।