ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायलाई सहमति राष्ट्रिय सम्मान प्रदान गरिएको छ।
प्रथम अन्तर्राष्ट्रिय प्रकृति कला उत्सवका अवसरमा बुधबार कावासोतीमा उनलाई १५ हजार नगदसहित सम्मान गरिएको हो।
दोखलालगायत जिल्लामा भूकम्प प्रभावितका लागि उपाध्यायले पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको सहमतिले जनाएको छ। गैरसरकारी संस्था सहमतिले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष एकजना राष्ट्रिय व्यक्तित्वलाई यो पुरस्कारले सम्मान गर्दै आएको संस्थाका उपाध्यक्ष लक्ष्मी भट्टराईले जानकारी दिए। रासस