नेपाली सेनाले सहायक रथी झङ्करबहादुर कडायतललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । प्रवक्ता ताराबहादुर कार्की केही दिनमै सेवानिवृत्त हुन लाग्नुभएकाले नेपाली सेनाले विशेष फौज (१० नं बाहिनी) का बाहिनीपति कडायतलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
नेपाली सेनामा ३५ वर्ष सेवा पुर्याएका कार्कीले डेढ वर्ष प्रवक्ताको जिम्मेवारी सम्हाले। बाहिनीपति कडायतले भारतमा सैनिक सहचरीको जिम्मेवारी निभाएका उनले पाकिस्तानबाट एनडिसी कोर्ष गरेका थिए।
सैनिक मुख्यालयमा बुधबार आयोजित समारोहमा सेवानिवृत्त हुन लागेका मानार्थ उपरथी कार्कीले निष्पक्ष र वस्तुनिष्ठ समाचार सम्प्रेषण गरी नेपाली सेनाको सङ्गठनलाई सहयोग पुर्याएको भनी सञ्चार क्षेत्रको प्रशंसा गरे।
प्रवक्ताको जिम्मेवारी सम्हाल्न लागेका कडायतले विगत झैँ नेपाली सेनाको सङ्गठनको श्रीवृद्धिमा सञ्चार क्षेत्रबाट उल्लेखनीय सहयोग हुने विश्वास व्यक्त गर्नुभरे। समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्री सहभागी थिए।