अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका शाखा अधिकृत अर्जुनप्रसाद रिजालविरुद्ध पच्चीस हजार बिगो तथा सोहीबमोजिम जरिवानाको मागदाबी गर्दै आज विशेष अदालत काठमाडौँंमा आरोप पत्र दायर गरेको छ।
मोटर ड्राईभिङ इन्स्चिट्युट दर्ता गर्ने प्रयोजनका लागि विभिन्न बहानामा सेवाग्राहीसँग रु २५ हजार घुस लिँदालिँदै पक्राउ परेको उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० वमोजिमको कसुर माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । रासस