coke Skip Ad >>

परीक्षाफल प्रकाशित

चुनाव
  • Get News Alerts

tata

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी चौथो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ। रासस

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • जनआन्दोलनका गम्भीर घाइते मुकेश कायस्थलाई सम्मान

    जनआन्दोलनका गम्भीर घाइते मुकेश कायस्थलाई सम्मान

    बनेपा नगरपालिकामा रहेका जनआन्दोलनका गम्भीर घाइते तथा ज्यूँदो सहिद मुकेश कायस्थलाई आज सम्मान गरिएको छ । उनको निवास पुगेर गणतन्त्र दिवस आयोजक जिल्ला समितिबाट सम्मान गरिएको हो ।

  • बस दुर्घटनामा एकको मृत्यु, दुई दर्जन यात्रु घाइते

    पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–१ स्थित महादेवा चोकमा आज बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै दुई दर्जन यात्रु घाइते भएका छन् । विराटनगरबाट काठमाडौँ जाँदै गरेको ना४ख ८०६२ नंको बसलाई कटारीबाट नारायणघाट जाँदै गरेको ना१ख ५०६७ नंको बसले उछिन्ने क्रममा ठक्कर दिँदा ना१ख ५०६७ नंको बसका सहयोगी कटारी नगरपालिका–३ निवासी ३७ वर्षीय निलकमल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • झापाको कनकाईस्थित कोटीहोममा सघन कक्षसहितको सर्पदंश उपचार केन्द्र सञ्चालन

    झापाको कनकाईस्थित कोटीहोममा अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । यसअघि चारआलीस्थित नेपाली सेनाले आफ्नै परिसरभित्र सञ्चालन गरेको एउटा र दमकमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको अर्को सर्पदंश उपचार केन्द्र मात्र जिल्लामा थियो ।

  • गणतन्त्र दिवसको अवसरमा धुलिखेल कारागारका १४ जना बन्दी मुक्त

    काभ्रेपलाञ्चोकको जिल्ला कारागार धुलिखेलमा रहेका १४ जना बन्दी आज कारागारमुक्त भएका छन्। गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई कारागारमुक्त गरिएको हो। जिल्ला कारागार धुलिखेलका जेलर महेशकुमार पोखरेलले २४ जना सिफारिस भएकोमा १४ जना मात्रै कारागारमुक्त भएको जानकारी दिए। 

  • चितवनका विभिन्न क्षेत्रमा अपराधिक घटनामा संलग्न छ जना पक्राउ

    चितवनका विभिन्न क्षेत्रमा अपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गरेको आरोपमा दुई जना र गाँजा खाएर प्रहरीमाथि नै हातपात गर्ने चार जना गरी छ जनालाई पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी