२८ मुलुकका सेनाहरू १५ दिने अभ्यासका लागि पाँचखालमा (तस्बिरहरू)

  • Get News Alerts

united
tata

संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएकासहित २८ मुलुकका सेनाहरू १५ दिने शान्ति अभ्यासका लागि काभ्रेको पाँचखालमा भेला भएका छन्। नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरेको १५ दिने शान्ति अभ्यासको आज प्रधानमन्त्री पुष्पकमल दाहाले औपचारिक उद्घाटन गरे।

अभ्यास सोमबारदेखि सुरु भई यही चैत २१ गतेसम्म चल्नेछ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिने सेनाबीच सहकार्य र काममा एकता ल्याउने उद्देश्यले अभ्यासको आयोजना गरिएको हो। अभ्यासको क्रममा शान्ति स्थापना कार्यमा परिचालन हुँदा आउने चुनौतीको सामना गर्न स्थलगत अभ्यास तथा उच्च तहमा रहन बहन गर्नुपर्ने जिम्मेवारीका बारेमा टेबुल अभ्यास हुनेछ ।

नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा रहेको छ। नेपाली सेनाले हालसम्म विश्वका ४१ वटा शान्ति मिसनमा रहेर काम गरिसकेको छ । नेपाली सेनाका चारहजार ४६२ जनशक्ति हाल विश्वका १५ वटा मिसनमा खटिइरहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले पहिलो पटक सन् २००० मा शान्ति अभ्यास सुरु गरेको थियो। त्यस बेला चारवटा मुलुकका सेनाले भाग लिएका थिए । यस पटकको अभ्यासमा भारत, श्रीलङ्का, बङ्गलादेश, फिलिपिन्स, अमेरिकालगायतका देशका सेनाको सहभागिता रहनेछ ।

त्यसपछि हरेक वर्ष निरन्तररुपमा यो अभ्यास शान्ति प्रयाससंग जोडिएर विभिन्न नाममा चल्दै आएको छ। शान्ति अभ्यास तीनमा युद्ध कौशल, स्थलगत अभ्यास, रणनीतिक अभ्यास र टेवल अभ्यासजस्त अभ्यास हुने छ।

अभ्यासमा १ हजार २४ जना विभिन्न देशका सेनाले भाग लिएका छन्।

यसअघि सन् २०१३ मा भएको शान्ति अभ्यास दुईमा २३ मुलुकका सेनाले भाग लिएका थिए। सो तालिममा नेपाली सेनाको महिला सैनिकले नेतृत्व गरेको एउटा गुल्मले पनि भाग लिएको छ।

यस अभ्यासमा नेपाली सेना र विदेशी सेनाका गरी ७५ जना सैनिकले भाग लिनेछन्। स्थलगत अभ्यास गराउन नेपाली सेनाले पाँचखालमा एउटा गाउँ नै तयार गरेको छ।

अभ्यासबाट शान्तिस्थापनामा खटिएका मुलुकका सेनाबीचमा काममा एकरुपता भई कार्यदेश पूरा गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

हेर्नुहोस् पहिलो दिनको केही दृश्यहरू

 

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • हुलाकमा अब नयाँ पद्धति, सामान कहाँसम्म पुग्यो भनी सहजै थाहापाइने

    हुलाकमा अब नयाँ पद्धति, सामान कहाँसम्म पुग्यो भनी सहजै थाहापाइने

    गोश्वारा हुलाक कार्यालयले ‘पोष्टल इन्टर्नल ट्रयाकिङ सिस्टम’ (पिआइटिएस) सञ्चालनमा ल्याएको छ। दुई महिनाको परीक्षणपछि आजदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको उक्त पद्धतिबाट ग्राहकले काउन्टरमा दर्ता गर्न ल्याएदेखि आफ्नो सामान कहाँसम्म पुग्यो भनी सहज जानकारी प्राप्त सक्नेछन्।

  • भू–क्षय रोक्न बगरमा उखुखेती

    देखतभूलीका बासिन्दाले वनहरा र दोदा नदीले गर्दै आएको भू—क्षय रोक्नका लागि उखुखेती गरेका छन्। जैविक तटबन्धका रुपमा उखुखेती गरिएपछि भूक्षय हुँदै आएको जग्गा जोगिएको छ। “नदीले बर्सेनि कटान हुँदा जमिन बगर बन्यो, अहिले उखु लगाएका छौँ,” स्थानीयवासी गङ्गाराम चौधरीले भने– “उखुखेती गरेपछि जग्गाको भूक्षय हुने क्रम रोकिएको छ।”

  • ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

    चकचके–लिवाङ सडकखण्ड कालोपत्रे मर्मत गरिरहेको एक ट्याक्टर आज दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। रा१त २१८२ नंको ट्र्याक्टर खडक दल गण लिवाङ ब्यारेक र जिल्ला शिक्षा कार्यालय, रोल्पाको बीचमा पर्ने दिउनधारा भन्ने स्थानमा दुर्घटना हुँदा सोही ट्र्याक्टरका चालक साविक रोल्पा जैमाकसला–७, रोकाटोल हाल सुनछहरी गाउँपालिका वडा नं ५ निवासी २५ वर्षीय विनोद रोकामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए। 

  • नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ६ घन्टा बन्द

    नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ६ घन्टा बन्द

    निर्माणाधिन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ६ घन्टा बन्द गरेर निर्माण कार्य सुरु भएको छ। सडक निर्माण कार्यलाई तीव्रता दिन आजदेखि सो सडक बन्दको समयमा डेढ घन्टा बढाएर दैनिक ६ घन्टा पुर्‍याइएको हो। यसअघि दैनिक साढे चार घन्टा मात्रै सडक बन्द हुँदै आएको थियो।

  • निकुञ्ज सुरक्षार्थ ‘अप्रेशन महाहन्ट’ प्रभावकारी

    निकुञ्ज सुरक्षार्थ ‘अप्रेशन महाहन्ट’ प्रभावकारी

    चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तीन महिनाअघि थालिएको ‘अप्रेशन महाहन्ट’ निकै प्रभावकारी हुँदै गएको छ। दुर्लभ वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका साथै महाहन्टका क्रममा वन पैदावार र नदीजन्य पदार्थको अवैध ओसारपसारसमेत नियन्त्रणमा आएको छ।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी