एउटै ढुंगामा १८ फिटे हुनमान

  • Get News Alerts

united
tata

सूर्यविनायक नगरपालिका–४ दधिकोट क्षेत्रको हिञ्चोक डाँडामा एउटै ढुँगामा हनुमानको १८ फिट अग्लो मूर्ति बनाइएको छ । हिञ्चोक भैरब सुधार एवं संरक्षण संस्थाले ५० लाख भन्दा बढी रुपैयाँ खर्चेर मूर्ति बनाएको हो ।

संस्थाका अध्यक्ष राजन बस्नेतका अनुसार कलाकार सानुभाई विश्वकर्माको समूहले तीन वर्ष लगाएर बनाएको मूर्तिलाई शिशाको घरभित्र राखिएको छ । 

सिद्धबाबा कृष्णदास महाराजबाट फागुन ३ देखि प्राण प्रतिष्ठा गरेर फागुन १३ गते शिवरात्रीका दिन हुनमान मूर्ति खुला गरिएको छ । बस्नेतका अनुसार सिरुटार, बालकोट, दधिकोट, गुण्डु र कटुञ्जे क्षेत्रमा घरदैलो गरि उठाइएको रकम र चन्दादाताको सहयोगबाट मूर्ति बनाइएको हो ।

नवलपरासीको जयश्री खोलाबाट ल्याइएको ४६ टनको ढुँगा खोपेर हुनमान मूर्ति बनाइएको हो । हाल अध्यक्ष बस्नेतले नै मूर्तिको पूजा र आरती गर्दै आएका छन् । हनुमान बनाउनु अघि हिञ्चोक क्षेत्र भैरबका कारण चर्चित थियो । त्यहाँ भैरब, महादेव, कृष्ण, गणेश र सरस्वतीका मनिदर छन् ।

मन्दिरमा हरेक आइतबार दिउसो साँढे १ बजेदेखि साँझ ५ बजेसम्म रामायण भजन गाइन्छ । हिञ्चोक मन्दिर अरनिको राजमार्गको ठिमी चोकबाट दक्षिण १.५ किमि दुरीमा छ । 

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • पाकिस्तानमा भैंसीको सौन्दर्य प्रतियोगिता !

    पाकिस्तानमा भैंसीको सौन्दर्य प्रतियोगिता !

    पाकिस्तानमा भैंसी सौन्दर्य प्रतियोगिताको आयोजना भएको छ। अमेरिकी वित्तीय सहायता कार्यक्रम युएसएडको सहयोगमा पाकिस्तानको ग्रामिण क्षेत्रमा भैंसीको विभिन्न प्रजातीको विकासका लागि यो प्रतियोगिताको आयोजना भएको हो।

  • विदेशिएकाहरू भोट हाल्न आफ्नै गाउँ फर्किदैं

    स्थानीय चुनावको मिति नजिकिँदै जाँदा भोट हाल्नका लागि गाउँ फर्कनेको लर्को लाग्न थालेको छ। झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्न होस् वा आफूले आस्था राख्ने दलका उम्मेद्वारलाई जिताउनका लागि भए पनि विदेश र तथा मुलुककै बाह्य जिल्लामा भएका पनि गाउँ फर्किन थालेका हुन् ।

  • गोली चलाएर फरार भएका युवा पक्राउ

    बडीगाड गाउँपालिका–५ का ३३ वर्षीय श्याम रेश्मी हतियारसहित पक्राउ परेका छन्। बुधबार साँझ ढोरपाटन नगरपालिका–१ स्थित एक होटलमा गोली चलाएर फरार भएका रेश्मीलाई प्रहरीले पेस्तोल, दुई थान म्याग्जिन र ११ थान गोलीसहित पक्राउ गरेको हो । रेश्मीलाई बुर्तिबाङ बजारदेखि डेढ किलोमिटर टाढा खप्तरीबाङ भन्ने ठाउँबाट बुधबारै साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

  • विदेशीले बनाए भूकम्पले भत्काएको विद्यालय भवन

    गोर्खाको नुब्रे चुम गाउँपालिका रिप्चेतमा भूकम्पले भत्काएको सिप्चेत प्राथमिक विद्यालय भवन निर्माण गरिएको छ। एसओएस नेपाल र स्टेप जिरो वानको आर्थिक सहयोग तथा हिमालय पिस एजुकेसन फाउन्डेसनको समन्वयमा  ४० लाख रुपैयाँको लागतमा सो विद्यालय भवन निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए। 

  • राष्ट्रिय पोशाक संरक्षणका लागि सद्भाव र्‍याली

    राष्ट्रिय पोशाक संरक्षणका लागि सद्भाव र्‍याली

    राष्ट्रिय पोशाक संरक्षण तथा पुनर्स्थापनाका लागि बिहीबार काठमाडौंमा सद्भाव र्‍याली निकालिएको छ। श्रद्धावान नेपालको राष्ट्रिय पोशाक स‌ंरक्षण महाअभियान अन्तर्गत आयोजित र्‍याली माइतिघर मण्डलाबाट बिहान १० बजेदेखि सुरु भइ नयाँ बानेश्वरसम्म पुगेको थियो।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी