भिक्टोरिया क्रस विजेता स्व पुनको स्मृतिमा सङग्रहालय बन्ने

चुनाव
  • Get News Alerts

tata

बेलायतको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस विजेता एवम् समाजसेवी स्व तुलबहादुर पुनको सम्झनामा जन्मगाउँ म्याग्दीको बेगखोलास्थित तिप्लाङमा सङग्रहालय बन्ने भएको छ।

गोर्खा आन्दोलनका महानायकको रुपमा समेत चिनिने पुनको जीवनी, युद्धका अनुभव, साम्रगी, पदक, पोसाकसहित पुनका बाल्यकालदेखिका अति महत्वपूर्ण दस्तावेजलाई सङग्रहालयमा राखिने उनका जेठा छोरा अर्जुन तिलिजा पुनले बताए। 

स्थानीयवासीले गाउँमा विकासको रेखा कोर्ने स्व पुनको स्मृतिमा सङग्रहालयको आवश्यकता रहेको बताएपछि पुन परिवारले कालिका आधारभूत विद्यालय नजिक रहेको करिब एक रोपनी जग्गा १५ लाख ५० हजारमा खरिद गरेर विद्यालयको नाममा हस्तान्तरण गरेका छन् ।

सोही जग्गामा सङग्रहालय बन्न लागेको हो । सङग्रहालय निर्माणमा पुनका परिवार, आफन्त र शुभचिन्तकबाट समेत सहयोगको प्रतिबद्धता जनाइएको छ । करिब ४० देखि ६० लाखको निर्माण लागत अनुमान गरिएको तिलिजा पुनले बताए। 

बेलायती सेनाबाट अवकाश लिएपछि तत्कालीन समयमा ब्रिटिस सरकारको कर्मचारी र राजनीतिक कार्यकर्ताका रुपमा समेत काम गरेका भिसी पुनलाई उत्तरी क्षेत्रका जनतालाई शिक्षा, स्वास्थ्य, विकास निर्माण, खानेपानीसहित विभिन्न आवश्यकतालाई पूरा गर्न बेलायत सरकार, आफ्नै कम्पनी र व्यक्तिगत रुपमा समेत लाखौँ सहयोग प्राप्त भएको थियो ।
बेनी–जोमसोम सडकखण्डअन्तर्गत सो सङग्रहालय पर्ने भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकले भिसीको सामाजिक योगदानलाई बुझ्ने र हेर्न मिल्ने भन्दै स्थानीयवासीसमेत उत्साहित भएका छन् । रासस

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • कम उमेरमै हुने गर्भपतनले जटिलता निम्त्याउँदै

    उच्च शिक्षा हासिल गर्ने सपना बोकेर दुई वर्षअघि राजधानी छिरेकी नवलपरासी गैँडाकोटकी कल्पना (नाम परिवर्तन) काठमाडौँको नाम चलेको क्याम्पसमा भर्ना भइन् । सामाखुसीस्थित आफ्ना काकाको घरमा डेरा लिएर बसेकी उनको सँगै कलेजमा पढ्ने साथी कमल (नाम परिवर्तन) सँगको सम्बन्ध विस्तारै प्रेमका रुपमा मात्र झाँगिएन, अवैध यौनसम्बन्ध पनि हुन थाल्यो ।

  • समलिंगी सम्बन्धको आरोपमा कोर्रा

    समलिंगी सम्बन्धको आरोपमा कोर्रा

    इन्डोनेसियाको आचे प्रान्तमा दुई पुरुषलाई समलिंगी सम्बन्ध राखेको आरोपमा ८५ कोर्रा हान्ने सजाय तोकिएको छ। गत मार्चमा २० र २३ वर्षिय दुई युवालाई स्थानीयले बिस्तरामा आपत्तिजनक अवस्थामा भेटेका थिए। उनीहरुलाई इस्लामिक सरिया कानुनको विरुद्ध गएको भन्दै सार्वजनिक कोर्रा लगाउने सजाय तोकिएको हो।

  • बोलेरो गाडी पल्टिँदा नौ घाइते

    पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ कुरिनघाटमा आज मध्याह्न बोलेरो गाडी अनियन्त्रित भई पल्टिँदा नौ जना घाइते भएका छन् । फिस्लिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना ४ च २३३ नं को बोलेरो अनियन्त्रित भई भित्तामा ठोकिएको थियो ।

  • स्वयम्भूस्थित हलचोकमा दुर्घटना, एकको मृत्यु

    स्वयम्भूस्थित हलचोकमा भएको सडक दुर्घटनामा नुवाकोट, विदुर नगरपालिकाका ५० वर्षीय चेतनाथ भट्टको आज मृत्यु भएको छ ।

  • सिरहाको कल्याणपुरमा भएको आगलागीमा २३ लाखको क्षति

    सिरहाको कल्याणपुरमा भएको आगलागीमा २३ लाखको क्षति

    सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा सोमबार राति खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा करिब २३ लाख मूल्य बराबरको क्षति भएको छ ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी