मनकामना मन्दिर पुनःनिर्माण सक्न अझै एक वर्ष लाग्ने

  • Get News Alerts

united
tata

पुरानो मन्दिर भत्काएर जगैदेखि पुनःनिर्माण थालिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माण गर्न अझै एक वर्ष लाग्ने भएको छ।

मन्दिर पुनःनिर्माणको काम पहिलो तलासम्म पुगेको भए पनि पहिलो तलाकै छाना राख्न तीन महिना लागेको हो। मनकामना मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भने, 'कामदार र काठ अभाव झेल्नु नपरेको भए मन्दिर पुनःनिर्माणले गति लिने थियो। काठ अभाव टार्न पुरानै काठको प्रयोग भइरहेको छ।'

श्रेष्ठले भने, 'चार÷पाँच जना कामदारले मन्दिर पुनःनिर्माणको काम गर्दै आउनुभएको छ । पुरातत्व विभागले भनेअनुसार पहिलेकै अवस्थामा कुनै हेरफेर नहुने गरी मन्दिर निर्माण भइरहेको छ।' पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्व बोकेको मन्दिर भएकाले पुरातत्व विभागका इन्जिनियर तथा प्राविधिक कर्मचारीको प्रत्यक्ष अवलोकन तथा अनुगमनमा मन्दिर पुनःनिर्माण अघि बढाइएको छ ।

विसं ०७२ साउनदेखि मन्दिर पुनःनिर्माण सुरु गरिएको थियो । एक वर्षभित्रमा मन्दिरको एक तला निर्माण सकिएको हो । ०७४ सालभित्रमा मन्दिरको पुनःनिर्माण सक्ने र धर्मावलम्बीलाई पूजाअर्चनाका लागि खुल्ला गरिने श्रेष्ठले बताए। पुरानो मन्दिर भत्काएपछि मन्दिर अघि रहेको खुल्ला ठाउँमा टहरो बनाएर पूजाआजा गरिँदै आइएको छ ।

०६८ मा पुरातत्व विभागले गरेको अध्ययन अनुसार मन्दिर पुनःनिर्माणमा आठ करोड लगानी गर्नुपर्ने बताइए पनि महँगी बढेकाले लागत खर्च पनि बढेको छ । मन्दिर निर्माण सक्न कम्तीमा १४ करोड आवश्यक पर्ने देखिएको श्रेष्ठको भनाइ छ । मन्दिर निर्माण गर्न सरकारले करिब चार करोड दिएको थियो भने भक्तजनबाट अहिलेसम्म करिब पाँच करोड ५० हजार रुपैयाँ सङ्कलन भएको छ । रासस

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • पुस्तकालय निर्माण गर्न करिब दुई करोड अनुदान

    झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न सरकारले एक करोड ८२ लाख रुपैयाँ प्रदान गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले गाउँ/गाउँमा पुस्तकालय स्थापना गर्ने उद्देश्यका साथ सबै विद्यालयमा पुस्तकालय स्थापना गर्ने जनाएअनुरुप झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न उक्त रकम प्रदान गरेको हो ।

  • झापाका चौंतिस घरपरिवारलाई जनता आवासको पहिलो किस्ता

    झापाका चौंतिस घरपरिवारलाई जनता आवासको पहिलो किस्ता

     जनताको आवास कार्यक्रम अन्तर्गत झापाका ३४ परिवारले पहिलो किस्ताको रकम पाएका छन् । दलित, मुस्लिम, आदिवासी तथा गरिब परिवारलाई लक्षित गरी सरकारले सञ्चालन गरेको उक्त कार्यक्रम अन्तर्गत उनीहरुले पहिलो किस्ताबापतको  १८ लाख २४ हजार ९५० रुपैयाँ पाएका हुन् ।

  • कञ्चनपुरमा औलो रोगका बिरामी घट्दै

    कञ्चनपुरमा औलो रोगका बिरामी घट्दै

    लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामी कञ्चनपुरमा प्रति वर्ष घट्दै गएका छन् । विषादीरहित झुलको प्रयोगमा व्यापकता र औलोका जीवाणु सार्ने लामखुट्टे नियन्त्रण गर्नका लागि विषादी छर्कने कार्य निरन्तर रुपमा गरिँदै आएकाले औलो रोगका बिरामीप्रति बर्ष घट्दै गएका हुन् ।

  • बौद्धमार्गीलाई ज्योतिष शास्त्र प्रशिक्षण

    शुक्रबार धनकुटा–१ हिलेमा नेपाल तामाङ लामा घेदुङ केन्द्रीय समितिको आयोजना र जिल्ल्ला घेदुङ म्हानीपा घेदुङ धनकुटाको व्यवस्थापनमा सुरु भएको प्रशिक्षणमा प्रदेश नं १ अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, भोजपुर, सङ्खुवासभा, तेह्रथुम र धनकुटाका बौद्धधर्मालम्बी लामा एक सय ५० सहभागी रहेको घेदुङका सचिव निरेन तितुङ तामाङले बताए। हिले बजारमा रहेको थुप्तेन देक्षेन छ्योलिङ गुम्बामा प्रशिक्षण दिइँदैछ ।

  • म्याग्दीका नौ विद्यालय पुनःनिर्माण

    म्याग्दीका नौ विद्यालय पुनःनिर्माण

    दुई वर्षअघिको भूकम्पका कारण क्षति पुगेका जिल्लाका नौ विद्यालयका भवन पुनःनिर्माण भएको छ। जिल्ला शिक्षा कार्यालयको सहयोगमा छ वटा दुईकोठे र तीन वटा तीनकोठे कक्षा कोठा पुनःनिर्माण भएको हो । थप पाँच विद्यालय भवन योजनाको भौतिक निर्माण सम्पन्न भई फरफारक गर्ने क्रममा रहेको छ ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी