दुर्घटनामा महिलाको मृत्यु

चुनाव
  • Get News Alerts

tata
 झापाको कमलनगर गाउँपालिकामा आइतबार राति भएको बस दुर्घटनामा गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

गम्भीर घाइते दमक नगरपालिका– २ का ३० वर्षीया निता विष्टको गएराति विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते दमक– २ का २३ वर्षीया लक्ष्मी पोखरेल र दमक– ९ का ४१ वर्षीय अनन्त खनालको उपचार भइरहेको छ । कमलनगर गाउँपालिका– ५ सितापुरी चोकमा पूर्वबाट–पश्चिमतर्फ आउँदै गरेको बा३ख ७८१५ नंको बस तीव्रगतिका कारण सडकमा पल्टिँदा १० जना यात्रु घाइते भएका थिए । रासस
Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • कम उमेरमै हुने गर्भपतनले जटिलता निम्त्याउँदै

    उच्च शिक्षा हासिल गर्ने सपना बोकेर दुई वर्षअघि राजधानी छिरेकी नवलपरासी गैँडाकोटकी कल्पना (नाम परिवर्तन) काठमाडौँको नाम चलेको क्याम्पसमा भर्ना भइन् । सामाखुसीस्थित आफ्ना काकाको घरमा डेरा लिएर बसेकी उनको सँगै कलेजमा पढ्ने साथी कमल (नाम परिवर्तन) सँगको सम्बन्ध विस्तारै प्रेमका रुपमा मात्र झाँगिएन, अवैध यौनसम्बन्ध पनि हुन थाल्यो ।

  • समलिंगी सम्बन्धको आरोपमा कोर्रा

    समलिंगी सम्बन्धको आरोपमा कोर्रा

    इन्डोनेसियाको आचे प्रान्तमा दुई पुरुषलाई समलिंगी सम्बन्ध राखेको आरोपमा ८५ कोर्रा हान्ने सजाय तोकिएको छ। गत मार्चमा २० र २३ वर्षिय दुई युवालाई स्थानीयले बिस्तरामा आपत्तिजनक अवस्थामा भेटेका थिए। उनीहरुलाई इस्लामिक सरिया कानुनको विरुद्ध गएको भन्दै सार्वजनिक कोर्रा लगाउने सजाय तोकिएको हो।

  • बोलेरो गाडी पल्टिँदा नौ घाइते

    पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ कुरिनघाटमा आज मध्याह्न बोलेरो गाडी अनियन्त्रित भई पल्टिँदा नौ जना घाइते भएका छन् । फिस्लिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना ४ च २३३ नं को बोलेरो अनियन्त्रित भई भित्तामा ठोकिएको थियो ।

  • स्वयम्भूस्थित हलचोकमा दुर्घटना, एकको मृत्यु

    स्वयम्भूस्थित हलचोकमा भएको सडक दुर्घटनामा नुवाकोट, विदुर नगरपालिकाका ५० वर्षीय चेतनाथ भट्टको आज मृत्यु भएको छ ।

  • सिरहाको कल्याणपुरमा भएको आगलागीमा २३ लाखको क्षति

    सिरहाको कल्याणपुरमा भएको आगलागीमा २३ लाखको क्षति

    सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा सोमबार राति खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा करिब २३ लाख मूल्य बराबरको क्षति भएको छ ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी