सुनसरीमा चार लाख २९ हजार मतदाता

चुनाव
  • Get News Alerts

tata

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरीबाट चार लाख २९ हजार मतदाताले मतदान गर्न पाउने भएका छन्।

यहाँ पछिल्लो तीन वर्षकै अवधिमा झन्डै ६० हजार मतदाता थपिएका हुन्। जिल्लामा हालसम्ममा चार लाख २९ हजार ८२३ मतदाताको नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी जानकी कर्णले जानकारी दिइन्। 
यस वर्ष मात्र ११ हजार नयाँ मतदाता बढेको कार्यालयका नायब सुब्बा शान्तिबहादुर अधिकारीले बताए। जिल्लामा विवाह गरेर आउने महिला, विदेशबाट फर्किएका पुरुष र उमेर पुगेका व्यक्ति तथा पहाडी जिल्लाबाट सरेर आएका बढेकाले मतदाता सङ्ख्या ह्वात्तै बढेको प्रमुख कर्णको भनाइ छ । यता हालै सरकारको निर्णयानुसार सुनसरीमा स्थानीय तह कार्यान्वयनमा आएका छन् ।

जिल्ला विकास समितिबाट जिल्ला समन्वय समितिमा रुपान्तरित भएको छ । इनरुवामा गाभिएका मधेसा, चाँदबेला, डुम्राहाका २, ७ र ९ वडा, बबिया र जल्पापुर क्रमशः ६, ७, ८, ९ र १० नम्बर वडा कायम भएका छन् ।

नाम परिवर्तन गर्नेदेखि तहगत संरचना कार्यान्वयनमा आए नआएबारे जिल्ला समन्वय समिति सुनसरीले अनुगमनको क्रम समेत अघि बढाएको छ । नयाँ बनेका तहगत संरचनाको जिम्मेवारी समेत सुम्पिसकिएको छ । सुनसरीमा दुई उपमहानगर, चार वटा नगरपाालिका र छ गाउँपालिकासहित १२ वटा स्थानीय तह कायम भएका छन् । रासस

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • कम उमेरमै हुने गर्भपतनले जटिलता निम्त्याउँदै

    उच्च शिक्षा हासिल गर्ने सपना बोकेर दुई वर्षअघि राजधानी छिरेकी नवलपरासी गैँडाकोटकी कल्पना (नाम परिवर्तन) काठमाडौँको नाम चलेको क्याम्पसमा भर्ना भइन् । सामाखुसीस्थित आफ्ना काकाको घरमा डेरा लिएर बसेकी उनको सँगै कलेजमा पढ्ने साथी कमल (नाम परिवर्तन) सँगको सम्बन्ध विस्तारै प्रेमका रुपमा मात्र झाँगिएन, अवैध यौनसम्बन्ध पनि हुन थाल्यो ।

  • समलिंगी सम्बन्धको आरोपमा कोर्रा

    समलिंगी सम्बन्धको आरोपमा कोर्रा

    इन्डोनेसियाको आचे प्रान्तमा दुई पुरुषलाई समलिंगी सम्बन्ध राखेको आरोपमा ८५ कोर्रा हान्ने सजाय तोकिएको छ। गत मार्चमा २० र २३ वर्षिय दुई युवालाई स्थानीयले बिस्तरामा आपत्तिजनक अवस्थामा भेटेका थिए। उनीहरुलाई इस्लामिक सरिया कानुनको विरुद्ध गएको भन्दै सार्वजनिक कोर्रा लगाउने सजाय तोकिएको हो।

  • बोलेरो गाडी पल्टिँदा नौ घाइते

    पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ कुरिनघाटमा आज मध्याह्न बोलेरो गाडी अनियन्त्रित भई पल्टिँदा नौ जना घाइते भएका छन् । फिस्लिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना ४ च २३३ नं को बोलेरो अनियन्त्रित भई भित्तामा ठोकिएको थियो ।

  • स्वयम्भूस्थित हलचोकमा दुर्घटना, एकको मृत्यु

    स्वयम्भूस्थित हलचोकमा भएको सडक दुर्घटनामा नुवाकोट, विदुर नगरपालिकाका ५० वर्षीय चेतनाथ भट्टको आज मृत्यु भएको छ ।

  • सिरहाको कल्याणपुरमा भएको आगलागीमा २३ लाखको क्षति

    सिरहाको कल्याणपुरमा भएको आगलागीमा २३ लाखको क्षति

    सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा सोमबार राति खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा करिब २३ लाख मूल्य बराबरको क्षति भएको छ ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी