मिर्गौलापीडित सेनलाई आर्थिक सहयोग

चुनाव
  • Get News Alerts

tata

दुवै मिर्गौला फेल भएका रामपुर नगरपालिका डाब्रा पाल्पाका रेमबहादुर सेनको उपचारमा आर्थिक रकम सहयोग प्राप्त भएको छ।

दक्षिण कोरियामा गठित नमस्ते दक्षिण कोरिया पाल्पा नामक समाजका सदस्यले सेनको उपचारमा एक लाख ९५ हजार रुपैयाँ सहयोग गरेको छ।

नमस्ते दक्षिण कोरिया पाल्पाका संस्थापक अध्यक्ष चेतन सारुले सेनको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक रकम सहयोग गरेको बताए।

स्थानीयदेखि राष्ट्रियस्तरका विभिन्न सञ्चारमाध्यममा सेनको उपचारमा समस्या भन्ने समाचार प्रकाशन भएपछि सेनको उपचारमा सो संस्थाले आर्थिक रकम सहयोग गरेको हो । आर्थिक रकम सहयोग प्राप्त भएपछि पीडित सेनले खुसी व्यक्त गर्दै सो संस्थालाई धन्यवाद दिए। रासस

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • कम उमेरमै हुने गर्भपतनले जटिलता निम्त्याउँदै

    उच्च शिक्षा हासिल गर्ने सपना बोकेर दुई वर्षअघि राजधानी छिरेकी नवलपरासी गैँडाकोटकी कल्पना (नाम परिवर्तन) काठमाडौँको नाम चलेको क्याम्पसमा भर्ना भइन् । सामाखुसीस्थित आफ्ना काकाको घरमा डेरा लिएर बसेकी उनको सँगै कलेजमा पढ्ने साथी कमल (नाम परिवर्तन) सँगको सम्बन्ध विस्तारै प्रेमका रुपमा मात्र झाँगिएन, अवैध यौनसम्बन्ध पनि हुन थाल्यो ।

  • समलिंगी सम्बन्धको आरोपमा कोर्रा

    समलिंगी सम्बन्धको आरोपमा कोर्रा

    इन्डोनेसियाको आचे प्रान्तमा दुई पुरुषलाई समलिंगी सम्बन्ध राखेको आरोपमा ८५ कोर्रा हान्ने सजाय तोकिएको छ। गत मार्चमा २० र २३ वर्षिय दुई युवालाई स्थानीयले बिस्तरामा आपत्तिजनक अवस्थामा भेटेका थिए। उनीहरुलाई इस्लामिक सरिया कानुनको विरुद्ध गएको भन्दै सार्वजनिक कोर्रा लगाउने सजाय तोकिएको हो।

  • बोलेरो गाडी पल्टिँदा नौ घाइते

    पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ कुरिनघाटमा आज मध्याह्न बोलेरो गाडी अनियन्त्रित भई पल्टिँदा नौ जना घाइते भएका छन् । फिस्लिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना ४ च २३३ नं को बोलेरो अनियन्त्रित भई भित्तामा ठोकिएको थियो ।

  • स्वयम्भूस्थित हलचोकमा दुर्घटना, एकको मृत्यु

    स्वयम्भूस्थित हलचोकमा भएको सडक दुर्घटनामा नुवाकोट, विदुर नगरपालिकाका ५० वर्षीय चेतनाथ भट्टको आज मृत्यु भएको छ ।

  • सिरहाको कल्याणपुरमा भएको आगलागीमा २३ लाखको क्षति

    सिरहाको कल्याणपुरमा भएको आगलागीमा २३ लाखको क्षति

    सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा सोमबार राति खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा करिब २३ लाख मूल्य बराबरको क्षति भएको छ ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी