पाँचखालमा २८ देशका सेनाको अभ्यास हुने

  • Get News Alerts

united
tata

संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएकासहित २८ मुलुकका सेना अहिले काभ्रेको पाँचखालमा भेला भएका छन् । नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरेको १५ दिने शान्ति अभ्यास ९तेस्रो० मा भाग लिन उनीहरु त्यहाँ पुगेका हुन् । यो अभ्यास भोलि सोमबारदेखि सुरु भई यही चैत २१ गतेसम्म चल्नेछ ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिने सेनाबीच सहकार्य र काममा एकता ल्याउने उद्देश्यले उक्त अभ्यासको आयोजना गरिएको हो । अभ्यासको क्रममा शान्ति स्थापना कार्यमा परिचालन हुँदा आउने चुनौतीको सामना गर्न स्थलगत अभ्यास तथा उच्च तहमा रहन बहन गर्नुपर्ने जिम्मेवारीका बारेमा टेबुल अभ्यास हुनेछ ।

नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा रहेको छ ।

नेपाली सेनाले हालसम्म विश्वका ४१ वटा शान्ति मिसनमा रहेर काम गरिसकेको छ । नेपाली सेनाका चारहजार ४६२ जनशक्ति हाल विश्वका १५ वटा मिसनमा खटिइरहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले पहिलो पटक सन् २००० मा शान्ति अभ्यास सुरु गरेको थियो । त्यस बेला चारवटा मुलुकका सेनाले भाग लिएका थिए । यस पटकको अभ्यासमा भारत, श्रीलङ्का, बङ्गलादेश, फिलिपिन्स, अमेरिकालगायतका देशका सेनाको सहभागिता रहनेछ ।

त्यसपछि हरेक वर्ष निरन्तररुपमा यो अभ्यास शान्ति प्रयाससंग जोडिएर विभिन्न नाममा चल्दै आएको छ ।

नेपाली सेनाद्वारा आइतबार तालिम केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रपति एवम् महासेनानी प्रयोगजंग राणाले शान्ति अभ्यास तीनमा युद्ध कौशल, स्थलगत अभ्यास, रणनीतिक अभ्यास र टेवल अभ्यासजस्त अभ्यास हुने बताए।

उक्त अभ्यासमा एक हजार २४ जना विभिन्न देशका सेनाले भाग लिने पनि उनले जानकारी दिए। यसअघि सन् २०१३ मा भएको शान्ति अभ्यास दुईमा २३ मुलुकका सेनाले भाग लिएका थिए । सो तालिममा नेपाली सेनाको महिला सैनिकले नेतृत्व गरेको एउटा गुल्मले पनि भाग लिनेछ ।

यस अभ्यासमा नेपाली सेना र विदेशी सेनाका गरी ७५ जना सैनिकले भाग लिनेछन् । स्थलगत अभ्यास गराउन नेपाली सेनाले पाँचखालमा एउटा गाउँ नै तयार गरेकोछ । उक्त तालिमको भोलि प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सो अभ्यासबाट शान्तिस्थापनामा खटिएका मुलुकका सेनाबीचमा काममा एकरुपता भई कार्यदेश पूरा गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

 

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • बुद्धकृष्णद्वारा जिब्रो छेड्ने घोषणा

    बुद्धकृष्णद्वारा जिब्रो छेड्ने घोषणा

    मध्यपुरथिमिको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष मध्यपुरथिमि–८ बोडेका ४५ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने घोषणा गरेका छन्। आज कोरिया–नेपाल मैत्री अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा सोही अस्पतालका एम्बुलेन्स चालकसमेत रहेका श्रेष्ठले आफ्नो ठाउँको परम्परा लोप हुनबाट जोगाउन आफू जिब्रो छेड्न तयार रहेको बताए। 

  • ट्याक्टरको ठक्करबाट दुई महिलाको मृत्यु ,एक घाइते

    चितवनको भरतपुर ओरालोमा आज साँझ ट्याक्टरको ठक्करबाट दुई महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना५त ४२२३ नंको ट्याक्टरले बाटो काट्दै गरेका तीनजना महिलालाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।

  • निकुञ्जको गैंडा शुक्लाफाँटा पठाउने निर्णय

    निकुञ्जको गैंडा शुक्लाफाँटा पठाउने निर्णय

    चितवन राष्ट्रिय निकुन्जको पश्चिम क्षेत्र सुखिभारबाट दुर्लभ मानिएको एकसिंगे गैंडा कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पठाइने भएको छ। गैंडा स्थानान्तरणका लागि बनेको कार्यदल र सरोकारवाला प्रतिनिधिबीच गैंडाको बासस्थान क्षेत्रको स्थलगत अध्ययन तथा निरीक्षणपछि सुकिभार क्षेत्रबाट गैंडा पठाउने निर्णय भएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। 

  • फेरि सुरु हुँदै ‘न्यायो झोला उपहार कार्यक्रम’

    स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रेरित गरी आमा र शिशु मृत्युदर कम गर्ने उद्देश्यले सुरु गरिएको ‘न्यायो झोला उपहार’ कार्यक्रम पुनः सुरु हुने भएको छ। चालु आर्थिक वर्षको सरकारको कार्यक्रममा नपरेको न्यानो झोला कार्यक्रम यही महिनादेखि सुरु हुने भएको छ।

  • करेन्ट लागेर दुई बालिका गम्भीर घाइते

    महोत्तरी जिल्लाको मटिहानी गाउँपालिका–३ धीरापुर गाउँमा आज करेन्ट लागेर दुई बालिका गम्भीर रुपमा घाइते भएका छन्। घाइते हुनेमा धीरापुर बस्ने मदन रायकी १२ वर्षीया छोरी मुस्कान राय र भुवनेश्वर रायकी छोरी १४ वर्षीया निशा राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी