वाट्सनको अर्धनग्न स्तन

  • Get News Alerts

united
tata

चर्चित बेलायती अभिनेत्री एमा वाट्सनले 'भ्यानिटी फेयर' म्यागेजिनसँगको अन्तर्वार्तामा सायद आफूले चाहेभन्दा बढ्तै खुलासा गरिन्।

उनले अन्तर्वार्तामा आफूलाई 'सेल्फी खिच्न मन नपर्ने' बताएकी थिइन्। मैले यहाँ चर्चा गर्न खोजेको विषय भने यो होइन। न त म उक्त म्यागेजिनको आवरण पृष्ठमा छापिएको वाट्सनको अर्धनग्न स्तनको बयान गर्न खोज्दैछु।

हुन त अर्धनग्न स्तनको तस्बिरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो ट्विटले जन्माएको बहसलाई समेत ओझल पार्ने गरी चर्चा पायो। त्यसले कम्तीमा सार्वजनिक बहसलाई राजनीतिबाट विषयान्तर गर्यो। यस अर्थमा त्यसलाई स्वागतयोग्य नै मान्नु पर्ला।

तर, म यहाँ वाट्सनको अन्तर्वार्ताले उजागर गरेको अर्को महत्वपूर्ण तथ्यबारे चर्चा गर्दैछु। 

प्रसिद्ध महिलावादी नेतृ नाओमी उल्फको एउटा भनाइ लोकप्रिय छ– समाज ‘यौनिक र गम्भीर’ दुवै गुण भएकी महिलाप्रति सहनशील छैन।

यौनिक अभिव्यक्त गर्ने महिलाले समानताको चाहना पनि उत्तिकै प्रखरतासाथ व्यक्त गर्न सक्छ। तर, सन् २०१७ मा आइपुग्दा पनि हाम्रो समाजले यो स्वीकार गर्दैन भन्ने वाट्सनको स्तन विवादले देखाएको छ। महिलाहरुले एकैसाथ आफ्नो शारीरिक सुन्दरता प्रदर्शन गर्ने र समानताका लागि आवाज बुलन्द गर्ने कार्यप्रति हाम्रो समाजले संगति नै देख्दैन। वाट्सनले आफ्नो अर्धनग्न तस्बिरमार्फत् अप्रत्याशित ढंगबाट यो कटु सामाजिक सत्य बाहिर ल्याएकी छन्।

आफ्नो पेसाका क्रममा वाट्सनले महिला अधिकारका क्षेत्रमा प्रभावकारी भूमिका खेल्दै आएकी छन्। उनी राष्ट्रसंघकी महिला सद्भावना दूत हुन्। लैंगिक असमानता घटाउने प्रयासस्वरूप पुरुष तथा युवालाई परिवर्तनका संवाहक बन्न प्रेरित गर्दै हिँड्छिन्। यसका लागि उनले ‘हि-फोर-सी’ अभियान सञ्चालनदेखि लैंगिक समानताबारे थुप्रै किताब लेखेकी छन्। उनले महिलावादका क्षेत्रमा परिवर्तनको दियो बनेर नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन्।

यति हुँदाहुँदै भ्यानिटी फेयर म्यागेजिनको आवरण तस्बिर इन्टरनेटमा फैलिएपछि उनी विवादमा तानिइन्। लैंगिक समानताको क्षेत्रमा बनाएको पहिचान गुमेको र ‘महिलावादी’ को ताजसमेत नसुहाउने भन्दै उनको आलोचना भयो। मानिसले यस्ता गुनासा र आरोप ट्विटरमार्फत् अभिव्यक्त गरे। एक जनाले ट्विटरमा लेखिन्- 'वाट्सनले महिला र पुरुषबीच समान ज्याला भएन भनेर चर्को आवाज उठाइन्, महिलालाई किन गम्भीर रुपमा नलिएको भनी आलोचना गरिन् … आखिरमा उनी पनि आफ्नो स्तन देखाउनेतिर लागिन्।'

अर्धनग्न तस्बिरले उनको लैंगिक असमानताविरोधी संघर्षलाई नै अवमूल्यन गरेको धेरै आलोचकले जिकिर गरे। आफ्नो शरीर नंग्याएर समानताको कुरा गर्नु पाखण्डपन भएको उनीहरुले बताए। कतिसम्म भने, वाट्सनलाई ‘घटिया महिलावादी’ को दर्जासमेत दिइयो।

वाट्सनमाथि लागेका यी सबै आरोप अर्थहीन र आपत्तिजनक छन्। महिलावादी आन्दोलनको मूलमर्मसँग ती आरोप बाझिन्छन्। 

लैंगिक समानताको संघर्षको मूलमर्म महिलाहरुको छनौट अधिकार सुनिश्चित गर्नु हो। कुनै पनि महिलाले घरमै बस्ने कि घरबाट बाहिर निस्केर रोजगार गर्ने भन्ने आफैं छनौट गर्न पाउनुपर्छ। बच्चा जन्माउने कि गर्भनिरोधक उपाय अवलम्बन गर्ने भन्ने विकल्प रोज्न उनीहरु स्वतन्त्र हुनुपर्छ। आफूलाई मन पर्ने कपडाले जीउ छोपेर हिँड्ने कि कतिसम्म नांगिएर बाहिर निस्कने भनी रोज्न पाउने अधिकार उनीहरुमै सुरक्षित हुनुपर्छ। लैंगिक समानताले प्रत्याभूत गर्न खोजेको छनौटको अधिकार यही हो।

महिलाका रुपमा हामीले आफ्नो छनौटको अधिकार प्रयोग गर्दै कुनै एक विकल्प रोज्दा हाम्रो लैंगिक समानताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन। बरु त्यसले त हाम्रो प्रतिबद्धतालाई नै समर्थन गर्छ र अझ प्रखर बनाउँछ। 

महिलावादी मुद्दा भनेको कुनै पनि महिलाले विकल्पहरु रोज्न पाउने र बहुआयामिक व्यक्तित्वका रुपमा आफूलाई समाजमा प्रस्तुत गर्न पाउने मान्यतामा आधारित हुन्छ। कुनै पनि महिला चतुर, यौनिक, नखरमाउली वा परिष्कृत जे पनि हुन सक्छन्। यति हुँदाहुँदै आफ्ना समकक्षी पुरुषकै बराबर तलब वा सुविधा पाउनु उनीहरुको हक हो।

हुनसक्छ हामी महिला एकैपटक धेरै भूमिका निर्वाह गर्न निपूर्ण छौं। एउटा पक्ष मुखरित हुँदा त्यसले हाम्रो जीवनको अर्को पक्षलाई मार्दैन। हाम्रो सन्देश र हाम्रा अभिव्यक्तिका माध्यमले एकअर्कासँग सामञ्जस्यपूर्ण ढंगबाट काम गर्छन्, र तिनले एउटा बहुआयामिक र बहुप्रतिभाशाली सशक्त व्यक्तिव निर्माण गर्छन्। एउटा महिलाका रुपमा हामी सशक्त व्यक्तित्व हौं र सधैं रहिरहनेछौं।

(क्रानस्टोनले हफिङटन पोस्टमा लेखेको लेखको अनुवाद)

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • हुलाकमा अब नयाँ पद्धति, सामान कहाँसम्म पुग्यो भनी सहजै थाहापाइने

    हुलाकमा अब नयाँ पद्धति, सामान कहाँसम्म पुग्यो भनी सहजै थाहापाइने

    गोश्वारा हुलाक कार्यालयले ‘पोष्टल इन्टर्नल ट्रयाकिङ सिस्टम’ (पिआइटिएस) सञ्चालनमा ल्याएको छ। दुई महिनाको परीक्षणपछि आजदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको उक्त पद्धतिबाट ग्राहकले काउन्टरमा दर्ता गर्न ल्याएदेखि आफ्नो सामान कहाँसम्म पुग्यो भनी सहज जानकारी प्राप्त सक्नेछन्।

  • भू–क्षय रोक्न बगरमा उखुखेती

    देखतभूलीका बासिन्दाले वनहरा र दोदा नदीले गर्दै आएको भू—क्षय रोक्नका लागि उखुखेती गरेका छन्। जैविक तटबन्धका रुपमा उखुखेती गरिएपछि भूक्षय हुँदै आएको जग्गा जोगिएको छ। “नदीले बर्सेनि कटान हुँदा जमिन बगर बन्यो, अहिले उखु लगाएका छौँ,” स्थानीयवासी गङ्गाराम चौधरीले भने– “उखुखेती गरेपछि जग्गाको भूक्षय हुने क्रम रोकिएको छ।”

  • ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

    चकचके–लिवाङ सडकखण्ड कालोपत्रे मर्मत गरिरहेको एक ट्याक्टर आज दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। रा१त २१८२ नंको ट्र्याक्टर खडक दल गण लिवाङ ब्यारेक र जिल्ला शिक्षा कार्यालय, रोल्पाको बीचमा पर्ने दिउनधारा भन्ने स्थानमा दुर्घटना हुँदा सोही ट्र्याक्टरका चालक साविक रोल्पा जैमाकसला–७, रोकाटोल हाल सुनछहरी गाउँपालिका वडा नं ५ निवासी २५ वर्षीय विनोद रोकामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए। 

  • नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ६ घन्टा बन्द

    नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ६ घन्टा बन्द

    निर्माणाधिन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ६ घन्टा बन्द गरेर निर्माण कार्य सुरु भएको छ। सडक निर्माण कार्यलाई तीव्रता दिन आजदेखि सो सडक बन्दको समयमा डेढ घन्टा बढाएर दैनिक ६ घन्टा पुर्‍याइएको हो। यसअघि दैनिक साढे चार घन्टा मात्रै सडक बन्द हुँदै आएको थियो।

  • निकुञ्ज सुरक्षार्थ ‘अप्रेशन महाहन्ट’ प्रभावकारी

    निकुञ्ज सुरक्षार्थ ‘अप्रेशन महाहन्ट’ प्रभावकारी

    चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तीन महिनाअघि थालिएको ‘अप्रेशन महाहन्ट’ निकै प्रभावकारी हुँदै गएको छ। दुर्लभ वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका साथै महाहन्टका क्रममा वन पैदावार र नदीजन्य पदार्थको अवैध ओसारपसारसमेत नियन्त्रणमा आएको छ।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी