काठमाडौं, चैत २१ (सेतोपाटी)– पोखरा नजिकै बेगनास तालमा बुधबार दिउँसो भएको डुंगा दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने तीनजना अझै हराइरहेका छन् ।
कास्की प्रहरीका अनुसार पिकनिक खान गएकामध्ये ८ जना डुंगामा चढेर तालमा सयर गरिरहेका बेला हावाहुरीले दुर्घटना भएको हो । डुंगा पल्टिएपछि तीनजना पौडिएर निस्केका थिए भने दुईजनाको उद्धार गरिए पनि उपचारका क्रममा मृत्यु भएको थियो ।
अत्याधिक हावाहुरी चल्ने मौसममा दिउँसो बाह्र बजेदेखि पछि डुंगामा तालको सयर गर्नु जोखिमपूर्ण मानिन्छ ।