चलचित्र निर्देशक शिव रेग्मीको निधन भएको छ। बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा सोमबार बिहान छ बजे उनको निधन भएको हो।
केही सातायता उनलाई कृतिम श्वासप्रश्वासमा राखिएको थियो।
उनलाई दाहसंस्कारका लागि उनको घर रत्ननगर लगिने भएको छ।
नेपाली चलचित्रका औंलामा भाँचेर गनिने निर्देशकमा पर्ने रेग्मीका दुवै मिर्गौला खराब भएका थिए। उनको मिर्गौला फेर्नुपर्ने सल्लाह चिकित्सकले दिएका थिए।
रेग्मीले ए मेरो हजुर, आफन्त, आफ्नो मान्छे, हामी तीन भाई, कहाँ भेटिएला, सु:ख दु:खजस्ता चलचित्रको निर्देशन गरेका थिए।
पछिल्लो समय उनको उपचार खर्चमा समस्या रहेको परिवारले बताउने गरेको थियो। निर्देशक रेग्मीका पत्नी, छोरा र दुई छोरी छन्।
निर्देशक रेग्मीले हिट फिल्म ‘आफन्त’बाट फिल्म निर्देशनमा डेब्यु गरेका थिए । उनले सुख दुःख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, साथी म तिम्रो लगायतका हिट फिल्महरु निर्देशन गरेका छन् ।