मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एकजनाको मृत्यु भएको छ।
स४प ४८६१ नं को मोटरसाइकल बा२ख ५२०८ नं को ट्रकसँग आज बाहुनीडाँडा–५ स्थित रातोडाँडामा ठोक्किदाँ त्रियुगा नगरपालिका–२ का ३५ वर्षीय कमल राईको मृत्यु भएको हो।
दुर्घटनामा राईकी श्रीमती पवि गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए। उनकोओखलढुङ्गाको हर्कपुरस्थित आस्था मेडिकल हलमा उपचार भइरहेको छ । शिवरात्रिको अवसरमा हलेसी दर्शन गर्न गरेर फर्किएका राई दम्पति चढेको मोटरसाइकल ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ । रासस