नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति सङ्घको १ नम्बर क्षेत्रीय सभापतिमा तारा लामा र धरान उपमहानगर सभापतिमा कृष्णकुमार राई (भूपाल) निर्वाचित भएको छन्।
लामा दोस्रो कार्यकालका लागि पुनः सभापति निर्वाचित भएका हुन्। क्षेत्र नं १ सुनसरी र धरान उपमहानगरको संयुक्त अधिवेशनवाट लामा र राई सर्वसम्मतबाट सभापति निर्वाचित भएका हुन्।
क्षेत्रीय समितिमा लामासहित सचिवमा विमानसिंह तामाङ, कोषाध्यक्षमा सचेन्द्र लिम्बू र सदस्यहरुमा बालकुमार लिम्बू, पेम्वा शेर्पा, श्याम लिम्बू, जुनु राई, दिनेश सिङ्गक लिम्बू, केशव श्रेष्ठ, दीपक पाख्रिन, अमृता गुरुङ, कमला लिम्बू, निला तामाङ, सङ्गीता सुब्बा, विनोद मानन्धर, चित्राकुमारी राई र पञ्चमाया ताम्ली निर्वाचित भएका छन् ।
त्यसैगरी, नगर समितिमा राईसहित सचिवमा अमिर राई, कोषाध्यक्षमा झुमादेवी राई र सदस्यहरुमा अन्जना राई, सुरज लिम्बू, राजेश पाख्रिन, खेम गुरुङ, दारासिंह लिम्बू, शोभा राई, हेम तामाङ, दिशान श्रेष्ठ, विश्वजित राई र थामबहादुर राई निर्वाचित भएका छन् ।
सङ्घको क्षेत्रीय सभापति तारा लामाको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथि नेपाली काँग्रेसका पूर्वजिल्ला उपसभापति चन्द्रप्रसाद श्रेष्ठ, जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नगर सचिव श्याम पोखरेल, नेपाल आदिवासी जनजाति सङ्घका जिल्ला सभापति नन्दराज राईले अधिवेशन समारोहमा बोलेका थिए।
साथै सो अवसरमा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सागर प्रसाईं, जनजाति सङ्घका जिल्ला सचिव मन्जिल कसजु श्रेष्ठ, निर्वाचन समितिका संयोजक डा इन्द्र लिम्बू लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा महासमिति सदस्य पर्वत राई, जिल्ला सदस्यहरु अनिल श्रेष्ठ, गोविन्द बस्नेत, नीलकुमारी गिरी, गोविन्द दर्नाल, मोहन बस्नेत, क्षेत्रीय सचिवद्वय मुरारी भट्टराई र महेन्द्र प्रधान, नगर उपसभापति महेन्द्र तामाङ, नगर सचिव युवराज शङ्करलगायतले पनि बोलेका थिए। रासस