नेपाली सेनाको क्याप्टेन बनेर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले ओखलढुंगा घर भइ काठमाडौंमा बस्दै आएका धनबहादुर परियारलाई पक्राउ गरेको हो। सेनाको जवानहरुको भर्ना खोल्ने वित्तिकै सेनाको मुख्यालय जाने र फारम भर्नेहरुसँग सम्पर्क गरेर उनले ठगी गर्ने गरेको एसपी प्रकाशजंग कार्कीले बताए।
सेनामा जागिर खान आएकाहरुको दर्ता नम्बर मागेर, उनीहरुलाई जागिर लगाइदिने लोभ देखाएर प्रतिब्यक्ति १ देखि ३ लाख रुपैयाँसम्म उनले उठाउने गरेको कार्कीले बताए। उनले २० लाख भन्दा बढी रकम असुली गरेकोखुल्न आएको छ।
भाडाको मोटरसाइकल चढेर उनी हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।