दोस्रो विश्वयुद्ध ताका जर्मन शासक एडोल्फ हिटलरले प्रयोग गरेको टेलिफोन लिलामी भएको छ। अमेरिकामा भएको लिलामीमा एकजनाले दुई लाख ४३ हजार डलरमा टेलिफोन सेट किनेका हुन्। टेलिफोन किन्ने नामको भने सार्वजनिक गरिएको छैन।
सो टेलिफोनबाट हिटलरले दोस्रो विश्वयुद्धको पछिल्ला दुई वर्षसम्म विभिन्न आदेश दिएका थिए। सिमोन्स कम्पनीले बनाएको सो टेलिफोन पहिला कालो रङको थियो भने पछि त्यसलाई रातो बनाइएको थियो।
फोनमा स्वस्तिक चिन्ह र हिटलरको नाम अंकित छ।