एमाओवादी कार्यकर्ताद्धारा तेजाव छर्केर दुबै आँखाका ज्योती गुमाएका रूकुम खोलागाँउ ९ का गोपालप्रसाद शर्मा यतिबेला श्रीमती विष्णुको सहारामा आँखाको उपचारार्थ कहिले काठमाडांै त कहिले नेपालगञ्ज अनि रूकुम गर्दैमा दिनहरू बितिरहेका छन्।
गत वर्ष मंसिर २० मंगलवारको दिन। संयोग पनि उस्तै थियो, एमाओवादी सहिद कामी बुढाको शालिक अनावरण गर्न जिल्ला आउने आफ्ना अध्यक्षलाई स्वागत गर्र्न एकातिर हातमा फूलमाला लिएर पंक्तिबद्ध उभिरहेका माओवादी रूकुमका स्थानीय नेता, कार्यकर्ताहरू र सञ्चारकर्मीहरूको ध्यानै भंग गर्नेगरी त्यही जहाज चढेर नेपालगञ्ज जान प्रतिक्षारत यात्रुहरूको बिचबाट एउटी महिला डाको छोडेर रूदै माओवादीलाई सत्तोसराप गर्दै बाँमे सर्न सुरू गरेको बालकलाई आमाले डोर्याएझै आफ्ना श्रीमानलाई डोर्याउँदै प्याराफिटवाट तलतिर झरीरहेकी थिईन।
के भएछ भनेर उनी नजिक नपुग्दै थाहा भयो उनी माओवादी कार्यकर्ताहरूद्धारा दबै आँखामा तेजाव छर्केर दुवै आँखाका ज्योति गुमाएका रूकुम खोलागाँउ ९का तिनै गोपाल प्रसाद शर्माकी श्रीमती रहीछन्।
आफूले श्रीमानको सहयोगमा सुखका दिनहर बिताउने समयमा श्रीमानको यस्तो हालत बनाईदिने एमाओवादीका तीनै स्थानीय कार्यकर्ताहरू लाईनमा पुष्पगुच्छा लिएर उभिएको देख्दा उनले मन थाम्न सकिनछन र गालीगलौज गरेकी रहिछन।
उनको छेउमा स्थानीय सञ्चारकर्मीको भीड लाग्यो अनि उनले आफनो वृतान्तहरू सबै बताईन।
२०५५ सालमा फरक आस्था राखेका कारण गोपालप्रसाद शर्मालाई गाउँकै माओवादी कार्यकर्ताहरूले ज्यान लिने उद्धेश्यले आक्रमण गरेका रहेछन् गहभरी आँसु झार्दै बिष्णुले भनिन।
घरमा रहेका नाबालक छोराछोरीको हेरचाह गर्ने उमेरमा पतिको हेरचाह गर्नुपर्ने बनाएकोमा निर्मलाले त्यही भिडभाडमा रहेका आक्रमणमा संलग्न माओवादी कार्यकर्ताहरू प्रति उनी निकै आक्रमक रूपमा सरापी रहेकी थिईन र भन्दै थिईन हाम्रो यो हालत बनाउनेलाई पनि यस्तै होस,हाम्रा आँसुको अवमुल्यन गर्दै हातमा फुलमाला लिएका छन यिनिहरू र प्रचण्डलाई अहिले म पनी केही भन्छु भन्दा माओवादी पोलिटव्युरो सदस्य जर्नादन शर्मा, रूकुमका इन्चार्ज सरून बाँठालगायतका दुई दर्जन जति नेता कार्यकर्ताहरू नसुनेझै गरी तर्कीए र जिल्लाका केही सुरक्षा अधिकारीहरूले उनलाई अर्कै तिर लिए नत्र उनले घटनामा संलग्न हरूलाई कार्बाही गर्छौ की म गरू भन्दै दाहालसामु रूवाबासी र गालीगलौज गरी वातावरण असहज बनाउने बताईरहेकी थिइन।
५४ वर्षीय गोपालप्रसाद पूर्ण रूपमा आँखा देख्दैनन् रूदै आफ्ना पिडाबारे बताईरहेकी श्रीमतीलाई शान्त पार्न खोज्दै शर्माले कोही नहुनेका भगवान हुन्छन् यसरी बोलेर हुँदैन चुप लाग नबोल भने पनी उनले सवै यतार्थ बताउन भ्याईन।
२०५५ पुष महिनाको एक साँझ खाना खाईवरी सुत्ने तयारी गरीरहेका शर्मालाई अध्यक्ष ज्यू बास पाईन्छकी भन्दै पाहुना बनेर आएका माओवादी कार्यकर्ताहरूले आँखामा तेजाव र मट्टीतेल छर्केर आगो लगाएका रहेछन्।
शर्मा भागेर बाच्न त सफल भए तर श्रीमतीको सहारमा उठबस मात्र गर्र्ने गरी त्यतिले मात्र पुगेनछ माओवादीलाई अनी परीवारलाई गाँउ निकाला गरी घर जग्गासमेत कब्जा गरेका रहेछन् जुन अहिलेसम्म पनि फिर्ता गरेको छैन माओवादीले।
आक्रमणको समयमा नेपाली कांग्रेसको तर्फबाट गाविस अध्यक्ष बनेका शर्मा अहिले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका छन्। तर, पनि स्वर्गिय पार्टी सभापति गिरीजाप्रसाद कोईराला प्रधानमन्त्री भएको बेला प्राप्त उपचार खर्चबाहेक राज्यबाट अन्य कुनै सहयोग नपाएको उनको दुखेसो छ।
शर्मा भन्छन, 'विगतमा त जे भयो भयो अब सवैले उचित राहत,न्याय र परीपुरण पाँउने बेला हामी आफनो घर गृहस्थी आफै कमाउन पाए हुन्थ्यो।
घाईते पतिको बैसाखी बनेर हिड्न विवस बिष्णुलाई घरमै बालबच्चा स्याहारेर बस्न मन भने किन नहोला तर पतिको उपचार र घरजग्गा फिर्ताको सम्बन्धमा जिल्लास्थित राजनीतिक दलहरू र सरोकारवाहरू भने मुखदर्शक बनेको उनले गुनासो गरीन।
तेह्र वर्षसम्म उपचारको खोजिमा भौतारीदा पनि उपचार नपाएकोमा भने शर्मा निकै खिन्न छन प्लेन चढ्नु अघि शर्माले यतिमात्र भने बाबु म भन्थे होला तर, यिनिहरूलाई देख्दैन तपाईहरू नै भनिदिनुहोला घर जग्गा र सम्पति उनीहरूलाई नै प्यारो लागे पनी मलाई आँखा दिए त हुन्थ्यो।
फोटोःमाओवादीद्धारा २०५५ सालमा दुबै आँखामा तेजाव छर्केर घाईते बनाईएका शर्मा श्रीमती बिष्णुको सहारामा उपचारार्थ काठमाडौं जाने तयारीमा। तस्वीर : तारक प्रतिभा सेतोपाटी