काठमाडौं कति धेरै प्रदुषित छ भन्ने त हामीले भोगेका नै छौं। तर, हाल विश्वका हजारौं शहरमध्येमा काठमाडौं कत्तिको हो भन्ने सोचिरहनुभएको भए यसको जवाफ सार्वजनिक भएको छ।
काठमाडौैं विश्वकै सातौं प्रदुषित शहर बनेको छ। नम्बियो डटकमले सार्वजनिक गरेको प्रदुषक सूचांक दर २०१७ का अनुसार काठमाडौं विश्वका प्रदुषित शहरको सातौं नम्बरमा परेको हो।
यो सूचीको पहिलो स्थानमा काबुल परेको छ भने दोस्रोमा घाना छ।