कविलासा गाविसमा राँगाको आक्रमणबाट आज ७१ वर्षीय वच्चिलाल यादवको मृत्यु भएको छ । कविलासा गाविस– ७ निवासी यादवलाई घर नजिकै गहुँ खेतमा गहुँ खान आएको राँगालाई धपाउने क्रममा आक्रमण गरिएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।
राँगाको आक्रमणबाट घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस