भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीले एकदिवसीयमा आफ्नो १० औं सतक पुरा गरेका छन्। उनले इङ्ल्यान्डविरूद्ध कटकमा भइरहेको दोस्रो एकदिवसीयमा १ सय ६ बलमा सतक पुरा गरे।
दुई साताअघि एकदिवसीयबाट सन्यास लिएपछि उनको पहिलो सतक हो। उनले तीन छक्का र ९ चौकाको सहयोगले सतक पुरा गरेका हुन्।