झण्डै ८ हजार माइल दुरी पार गर्दै बुधबार चिनियाँ मालबाहक रेल पहिलो पटक लण्डन पुगेको छ। काजगस्तान, रुस, बेलारुस, पोल्याण्ड, बेल्जियम, जर्मनी र फ्रान्स भएर भूमिगत मार्ग हुँदै रेल बुधबार दिउँसो लण्डन पुगेको हो।
चीनको झिजियाङ प्रान्तको यियू शहरबाट जनवरी १ मा गुडेको चाइना रेलवे एक्प्रेसको ‘पूर्वी वायू सेवा’ नाम दिइएको रेल १८ दिनपछि बेलायतको राजधानी लण्डन पुगेको हो। रेलको नाम चिनियाँ नेता माओत्सेतङको ‘पूर्वी वायू पश्चिममा बहनेछ’, भन्ने भनाइबाट प्रेरित भएर राखिएको हो।
रेलमा चीनमा बनेका कपडा, जुत्ता, सुटकेश र अन्य सामानका ३६ डिब्बा छन्। विभिन्न देशका रेल लिग फरक फरक हुने भएकाले यात्राका क्रममा केही डिब्बा निकालेर फेरि हाल्नुपरेको थियो।
चीनले सिधा रेल सेवा सुरु गरेको लण्डन युरोपको १५ औैं सहर हो। दुवै देशका अधिकारीले सिधा रेल सेवा विस्तारले दुई देशको ब्यापारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
रेलबाट सामान ओसार पसार गर्न हवाइमार्ग भन्दा सस्तो हुन्छ भने पानी जहाजभन्दा छिटो हुन्छ। चीनले युरोपका थप पाँच सहरमा रेलसेवा विस्तार गर्ने बताएको छ।