बिहारमा आफ्नै सहकर्मीमाथि गोली प्रहार, चार सुरक्षाकर्मीको मृत्यु

skoda
  • Get News Alerts

united
tata

भारतीय अर्धसैनिक सुरक्षा बलका एक जवानले भारतको बिहार राज्यको औरङ्गावाद शहरमा आफ्नै सहकर्मीमाथि गोली चलाउँदा चार सुरक्षाकर्मीको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।

औरङ्गवाद शहरको ‘सेन्ट्रल इन्डष्ट्रियल सेकुरिटी फोर्स’ मा कार्यरत सुरक्षा अधिकारीबीच सुरक्षा बिषयमा एक आपसमा जानकारी गराइरहेका समयमा भएको बताइएको छ ।

छलपलका क्रममा अर्धसैनिक सुरक्षा अधिकारीले गोली चलाउँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते दुई जनको उपचारका क्रममा मृत्युभएको अल आफ्नो नाम गोप्य राख्ने शर्तमा सिन्ह्वालाई बताए ।

घटनास्थल विहारको राजधानी पटनाबाट १२० किलोमिटर टाढा पर्दछ ।रासस-सिन्ह्वा

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • ट्रकसँग मोटरसाइकल ठोक्किदाँ एकको मृत्यु

    मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एकजनाको मृत्यु भएको छ। स४प ४८६१ नं को मोटरसाइकल बा२ख ५२०८ नं को ट्रकसँग आज बाहुनीडाँडा–५ स्थित रातोडाँडामा ठोक्किदाँ त्रियुगा नगरपालिका–२ का ३५ वर्षीय कमल राईको मृत्यु भएको हो।

  • दुर्घटनामा चालकको मृत्यु

    काभ्रेपलाञ्चोकको महादेवस्थान गाविस–९ मा आज भएको ट्र्याक्टर दुर्घटनामा चालकको घटनास्थलमा नै मृत्यु भएको छ। स्थानीय महादेवस्थानबाट हिगुवापाटी जाँदै गरेको ना५त ३८५१ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा महादेवस्थान गाविस–९ का ४५ वर्षीय कृष्णबहादुर राई दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। उनले मदिरासमेत सेवन गरेर ट्र्याक्टर चलाएको बताइएको छ ।

  • विश्वकै अग्लो बुद्ध मूर्ति निर्माणार्थ एक करोड १८ लाख सङ्कलन

    पोखरा उपमहानगरपालिका–२१ काहुँकोटमा निर्माण गर्न लागेको यशोधरा वाटिका एवम् विश्वकै अग्लो बुद्ध मूर्तिका लागि एक सय ८९ रोपनी जग्गा र एक करोड १८ लाख नगद सङ्कलन भएको छ। धर्मकाया बुद्ध मण्डला विकास एवम् व्यवस्थापन समितिद्धारा आज काहुँकोटमा आयोजित बुद्ध मण्डला निर्माणार्थ भूमिदान कार्यक्रममा धारापानी सामुदायिक वन उपभोक्ता समूहले १७० रोपनी जग्गाको स्वामित्व हस्तान्तरण गरेको हो।

  • चितवनमा भूकम्पपीडितको लगत सङ्कलन कार्य तीव्र

    चितवनमा करिब डेढ महिनाको अवधिमा आठ हजार ५०० भूकम्पपीडितको लगत सङ्कलन भएको छ। भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि सुरु भएको पुनः लगत सङ्कलनका क्रममा आजसम्म जिल्लामा करिब आधा काम सकिएको जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय चितवनका संयोजक जीवनाथ आचार्यले जानकारी दिए। 

  • चिर्पटले टाउकोमा प्रहार गरी पूजारीको हत्या

    महोत्तरीको बर्दिवास नगरपालिका– ५ स्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका पूजारी ७९ वर्षीय बाबा रामजी शाहीको आज हत्या भएको छ। मन्दिरको ५० मिटर पश्चिमतर्फ पिसाब गर्न गएको समयमा बाँसको चिर्पटले टाउकोमा प्रहार गरी उनको हत्या गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी