युवतीलाई मात्र ठग्ने एक जना पक्राउ

  • Get News Alerts

tata

प्रहरी हुँ भन्दै विशेष गरी युवतीलाई मात्र ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक सिन्धुकोट ६ घर भइ काठमाडौंको मुलपानीमा बस्दै आएका गोपीकृष्ण खतिवडालाई पक्राउ गरेको हो।

उनले आफू अपराध महाशाखामा लामो समयदेखि काम गरेको भन्दै ६ जना युवतीसँग रकम लिएको प्रहरीले जनाएको छ। राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै उनले एक जनाबाट डेढ लाख उठाउने गरेका थिए।

 

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • जलवायु परिवर्तनसम्बन्धी सम्मेलन मङ्गलबारदेखि

    नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान र माल्दिभ्सबाट करिब दुई सय प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनमा जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभावका बारेमा छलफल हुने छ । कार्यक्रममा सहभागी राष्ट्रका प्रतिनिधिले आआफ्नो देशमा अहिले जलवायुले पारेको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

  • बैंकिङ कसुरमा फरार रहेका पक्राउ

    तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद र रु पाँच करोड २५ लाख जरिवाना हुने ठहर गरी फैसला गरेकामा फरार रहेकाले पक्राउ गरी कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।

  • धुलाम्मे भएपछि बनेपा– पनौती सडक अवरुद्ध

    सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले विगतको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै सडकमा उडेको धुलो र धुवाँले बालबालिकादेखि वृद्धसम्मका स्वास्थ्यमा नकारात्मक असर परेको बताए ।

  • पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

    पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

    पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार सोलोमन द्विपको १६७ मिटर गहिराईमा नेपाली समय अनुसार बिहान सवा १० बजे भूकम्प गएको भूकम्प गएको छ ।

  • जग्गाधनी प्रमाणपुर्जा नभएकाले पनि अनुदान सम्झौता गर्न पाउने

    मन्त्रिपरिषद्ले भूकम्पबाट क्षतिग्रस्त भएका ‘निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि – २०७२’ खारेज गरी ‘भूकम्पबाट प्रभावित निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि – २०७३’ स्वीकृत गरेपछि जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएका पीडितको अनुदान सम्झौता गर्ने बाटो खुल्ला भएको हो ।

hundai

लोकप्रिय

vianet

सूचनापाटी