'दुबईबाट कसरी सुन आयो, त्यहाँका अधिकारीसँग छलफल हुन्छ'

skoda
  • Get News Alerts

united
tata

 

दुबइबाट रहस्यमय तरिकाले साढे ३३ किलो सुन नेपाल भित्रिएपछि नेपाल प्रहरीले यस विषयमा दुबइका उच्च प्रहरी अधिकारीहरुसँग छलफल गर्ने भएको छ।  नेपाल प्रहरीको उपराध अनुसन्धान विभागका प्रमुख एआइजी विज्ञानराज शर्माले यस विषयमा दुबइका प्रहरी अधिकारीको ध्यानाकर्षण गराइने बताए।

'हामीले सुनकाण्डपछि इमेल मार्फत दुबइलाई जानकारी दिएका छौं,' एआइजी शर्माले भने,'काठमाडौंमा हुन लागेको इन्टरपोलको एसियन रिजनल कन्फरेन्समा सहभागी हुन आएका दुबइका उच्च प्रहरी अधिकारीलाई भेटेरै समस्याबारे जानकारी गराउनेछौं।'

काठमाडौं आगामी माघ ५ गतेदेखि सुरु हुने सम्मेलनमा ५५ राष्ट्रका २ सय ५० भन्दा बढी अधिकारी नेपाल आउँदैछन्। 'दुबइमात्र होइन नेपाल आउने सुनका मुहान कहाँ हो, ती देश पहिचान गरेर ती त्यसका अधिकारीहरुसँग पनि छलफल गर्छाैं,' शर्माले भने।

यही पुस २१ गते दुबइबाट आएका एक जना यात्रुको साथबाट प्रहरीले साढे ३३ किलो सुन बरामद गरेको थियो। अहिलेसम्म सुन तस्करमा सम्लग्न ५ जनालाई सिआइबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। विमानस्थल भन्सारका २ जना अधिकृत पनि सिआइबीको फन्दामा परेका छन्।

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • बैतडीको हुलाक कार्यालय मर्मत नहुँदा जीर्ण अवस्थामा

    बैतडीको हुलाक कार्यालय मर्मत नहुँदा जीर्ण अवस्थामा

    जिल्लाको तल्लो स्वराड मेलौलीस्थित इलाका हुलाक कार्यालय मर्मतसम्भार तथा पुनःनिर्माणको अभावमा जीर्ण भएको छ। पच्चीस वर्ष पुरानो तीन कोठे उक्त कार्यालयको वर्षौसम्म मर्मतसम्भार तथा पुनःनिर्माण हुन नसक्दा जीर्ण भएर सेवा प्रवाहमासमेत समस्या भएको छ।

  • दुई सयजनालाई पाकिस्तानी छात्रवृत्ति

    पाकिस्तान सरकारले शिशु कक्षादेखि दश जोड दुईसम्म अध्ययनरत २०० जना नेपालीलाई जनही १० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ। शिक्षामन्त्री धनीराम पौडेलले आज यहाँ आयोजित एक समारोहमा छात्रवृत्ति रकमको चेक हस्तान्तरण गर्दै नेपालको शैक्षिक उन्नयनमा पाकिस्तान सरकारले उपलब्ध गराएको सहयोगको सराहना गरे।

  • गरिबी निवारण गर्न सबै दल एकमत हुनुपर्छः डा थापा

    गरिबी निवारण कोषको नवनियुक्त उपाध्यक्ष डा यमबहादुर थापाले राजनीतिक दलको विचारधारा फरक भएतापनि गरिबी निवारणजस्तो संवेदनशील विषयमा भने एकमत र ऐक्यबद्धता हुनुपर्ने बताएका छन्। उनको स्वागतका लागि कोषमा आज आयोजित कार्यक्रममा बोल्दै उनले कोषलाई स्वाबलम्बी संस्थाको रुपमा विकास गर्न प्रयास गर्ने बताए। डा थापाले आगामी दिनमा अनुसन्धान, सिर्जनशील परियोजना, घुम्ती कोषको व्यवस्थापनमा जोड दिने र नेपाल सरकारको गरिबी निवारणको लक्ष्य प्राप्तिमा कोषलाई उन्मुख गराउने प्रतिबद्धता समेत व्यक्त गरे। 

  • ग्यास सिलिन्डर पड्किदा तीन घाइते

    ग्यास सिलिन्डर पड्किदा तीन घाइते

    सुनसरीको सिमरियास्थित शिव मन्दिर परिसरमा आज ग्यास सिलिन्डर पड्किदा आठजना भन्दा बढी घाइते भएका छन्। तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। गम्भीर घाइते हुनेमा मोरङ कटारीका ३० वर्षीय सोमराज माझी, मोरङ गछियाकी ३२ वर्षीया तारा मण्डल र नाम नखुलेका एक पुरुष रहेका छन्। 

  • इलाममा हात्तीपाइले रोग विरूद्धको औषधि खुवाइने

    इलाममा हात्तीपाइले रोग विरूद्धको औषधि खुवाइने

    जिल्लाका दक्षिणी सीमावर्ती क्षेत्रका गाविसहरु हात्तीपाइले रोगको उच्च जोखिममा छन्। महमाई, चुलाचुली, दानाबारी, शान्तिपुर, लक्ष्मीपुर, चिसापानी, बाँझो, साकफारा, जिर्मले गाविसलगायत हात्तीपाइले रोगको उच्च जोखिममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी