ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

  • Get News Alerts

united
tata

जाजरकोट सदरमुकामबाट ढिमेको घरङ्गा पौष्टिक आहार लिएर गएको भे१त ५७०७ नंको ट्र्याक्टर पल्टिँदा आज एकजनाको मृत्यु भएको छ।

ढिमे–१ चुइकमा ट्र्याक्टर पल्टिँदा सहचालक भेरीमालिका–२ का २४ वर्षीय हरिबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो। ट्र्याक्टर चालक सुर्खेतका लालबहादुर चदारा घाइते भएका छन्।

घाइतको उपचारका लागि सदरमुकाम ल्याउँदै गरेको प्रहरी प्रमुख भावेश रिमालले वताए। रासस

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • पाकिस्तानमा भैंसीको सौन्दर्य प्रतियोगिता !

    पाकिस्तानमा भैंसीको सौन्दर्य प्रतियोगिता !

    पाकिस्तानमा भैंसी सौन्दर्य प्रतियोगिताको आयोजना भएको छ। अमेरिकी वित्तीय सहायता कार्यक्रम युएसएडको सहयोगमा पाकिस्तानको ग्रामिण क्षेत्रमा भैंसीको विभिन्न प्रजातीको विकासका लागि यो प्रतियोगिताको आयोजना भएको हो।

  • विदेशिएकाहरू भोट हाल्न आफ्नै गाउँ फर्किदैं

    स्थानीय चुनावको मिति नजिकिँदै जाँदा भोट हाल्नका लागि गाउँ फर्कनेको लर्को लाग्न थालेको छ। झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्न होस् वा आफूले आस्था राख्ने दलका उम्मेद्वारलाई जिताउनका लागि भए पनि विदेश र तथा मुलुककै बाह्य जिल्लामा भएका पनि गाउँ फर्किन थालेका हुन् ।

  • गोली चलाएर फरार भएका युवा पक्राउ

    बडीगाड गाउँपालिका–५ का ३३ वर्षीय श्याम रेश्मी हतियारसहित पक्राउ परेका छन्। बुधबार साँझ ढोरपाटन नगरपालिका–१ स्थित एक होटलमा गोली चलाएर फरार भएका रेश्मीलाई प्रहरीले पेस्तोल, दुई थान म्याग्जिन र ११ थान गोलीसहित पक्राउ गरेको हो । रेश्मीलाई बुर्तिबाङ बजारदेखि डेढ किलोमिटर टाढा खप्तरीबाङ भन्ने ठाउँबाट बुधबारै साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

  • विदेशीले बनाए भूकम्पले भत्काएको विद्यालय भवन

    गोर्खाको नुब्रे चुम गाउँपालिका रिप्चेतमा भूकम्पले भत्काएको सिप्चेत प्राथमिक विद्यालय भवन निर्माण गरिएको छ। एसओएस नेपाल र स्टेप जिरो वानको आर्थिक सहयोग तथा हिमालय पिस एजुकेसन फाउन्डेसनको समन्वयमा  ४० लाख रुपैयाँको लागतमा सो विद्यालय भवन निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए। 

  • राष्ट्रिय पोशाक संरक्षणका लागि सद्भाव र्‍याली

    राष्ट्रिय पोशाक संरक्षणका लागि सद्भाव र्‍याली

    राष्ट्रिय पोशाक संरक्षण तथा पुनर्स्थापनाका लागि बिहीबार काठमाडौंमा सद्भाव र्‍याली निकालिएको छ। श्रद्धावान नेपालको राष्ट्रिय पोशाक स‌ंरक्षण महाअभियान अन्तर्गत आयोजित र्‍याली माइतिघर मण्डलाबाट बिहान १० बजेदेखि सुरु भइ नयाँ बानेश्वरसम्म पुगेको थियो।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी