दाम्लोबाट छुटेपछि वाइबाको फेरियो जीवन

  • Get News Alerts

tata

चम्किलो अनुहार, पुष्ट शरीर। दिसापिसावमा डुब्नुपरेको छैन। जीवन फेरिएको छ। राम्रो हेरचाह पाएका छन्। दिसापिसाब समयमै गराइन्छ। औषधोपचार नियमित छ। बोल्न र हिँड्न सक्तैनन् तर उनको अनुहारमा चमक छ। उनी खुसी छन्। अनुहारले त्यही बताउँछ। दाम्लोबाट छुटकारा पाएपछिको जीवन आफैंमा नौलो हो।

असार २२ गते उनको खुट्टाबाट दाम्लो फुकाइयो। दाम्लो फुक्दै गर्दा छिमेकी मायाँ वाइबाले भनेकी थिइन् – ‘उनलाई अब भने दिसापिसाबमा डुवेको देख्नुपर्दैन।’ अहिले त्यो चरितार्थ भएको छ।

आगन्तुक देखेर उनी हात हल्लाउँछन्, हाँस्छन्। हाउभाउले केही भन्न खोजे जस्तो गर्छन्। साँच्चै फेरिएका छन्, १५ वर्षका अनुत वाइबा। मोटाएका छन्। ह्वील चियरमा हिँड्डुल गर्छन्। उनको रेखदेखमा खटिन्छन् युवाहरु, अनि दिसापिसाब सोहोरिदिन्छन्।

कति अस्पताल लैजाँदा पनि उनको उपचार सम्भव नभएको उनका रेखदेखकर्ता उमेश तामाङ बताउँछन्। अब अपाङ्ग नै रहने भएपनि आफ्नै घरमा जस्तो पीडा झेल्नुपरेको छैन उनलाई।

‘दाम्लोबाट छुटकारा पाउँदा, अनि गुहु र मुतमा डुव्नु नपरेको देख्दा र सुन्दा साह्रै मन खुसी छ,’ काठमाडौंकी सिर्जना थपलिया भन्छिन्। यस्ता असहायको केही सहयोग गर्ने सोच बनाएको उनले बताइन्।

यस अघि उनको बास थियो टिनको छानोको थोत्रो घर । चिसो भुईंमा राखिएको थोत्रो सुकुल। दुर्गन्धित ठाउँ। त्यसमाथि लडिरहेका कुपोषित बालक वाइबाको बायाँ खुट्टाको गोलीगाँठो नजिक दाम्लो लगाइएको हुन्थ्यो।

चितवनको रत्ननगर वडा नम्बर १५ स्थित माधवपुरमा झण्डै एक बर्षदेखि दाम्लोमा बाँधिँदै आएका उनी अहिले १५ वर्षका भए।

एनआरएनएका केन्द्रीय सदस्य एवम् डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि सोमनाथ सापकोटा वाइबा दाम्लोमा हुँदा र अहिले फेरिएको देख्दा मन आनन्दित भएको बताउँछन्। उनकै पहलमा चितवनको रत्ननगरका वाइबालाई दाम्लोबाट छुटाइएको हो।

अहिले स्वास्थ्योपचार र पालनपोषण अपाङ्ग बाल तथा वृद्ध सेवा गृह काठमाडौँले गरिरहेको छ। चावहिलबाट साँखु जाने बाटोबाट झण्डै १५ किलोमिटर हिँडेपछि आउने काठमाडौँ शंकरापुर नगरपालिका वडा नम्बर १० सलंबुटार साँखुमा रहेको उक्त गृहमा अनुतलाई भेट्न सकिन्छ । द्वन्द्वपीडित तथा अपाङ्ग समाजद्वारा सञ्चालित यो गृहमा उनीसँगै अन्य ४१ जना असहायहरुले आश्रय लिइरहेका छन् ।

आफैं अपाङ्ग भएर बसेका युवराज थापाको नेतृत्वको समूहले यस्ता असहायको रेखदेख गर्ने गरेको छ ।

चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी र तत्कालीन चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको पहलमा उनलाई गएको असार २२ गते उद्धार गरेर काठमाडौँ पठाइएका थियो । रासस

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • जलवायु परिवर्तनसम्बन्धी सम्मेलन मङ्गलबारदेखि

    नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान र माल्दिभ्सबाट करिब दुई सय प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनमा जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभावका बारेमा छलफल हुने छ । कार्यक्रममा सहभागी राष्ट्रका प्रतिनिधिले आआफ्नो देशमा अहिले जलवायुले पारेको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

  • बैंकिङ कसुरमा फरार रहेका पक्राउ

    तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद र रु पाँच करोड २५ लाख जरिवाना हुने ठहर गरी फैसला गरेकामा फरार रहेकाले पक्राउ गरी कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।

  • धुलाम्मे भएपछि बनेपा– पनौती सडक अवरुद्ध

    सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले विगतको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै सडकमा उडेको धुलो र धुवाँले बालबालिकादेखि वृद्धसम्मका स्वास्थ्यमा नकारात्मक असर परेको बताए ।

  • पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

    पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

    पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार सोलोमन द्विपको १६७ मिटर गहिराईमा नेपाली समय अनुसार बिहान सवा १० बजे भूकम्प गएको भूकम्प गएको छ ।

  • जग्गाधनी प्रमाणपुर्जा नभएकाले पनि अनुदान सम्झौता गर्न पाउने

    मन्त्रिपरिषद्ले भूकम्पबाट क्षतिग्रस्त भएका ‘निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि – २०७२’ खारेज गरी ‘भूकम्पबाट प्रभावित निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि – २०७३’ स्वीकृत गरेपछि जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएका पीडितको अनुदान सम्झौता गर्ने बाटो खुल्ला भएको हो ।

hundai

लोकप्रिय

vianet

सूचनापाटी