माघ १ गते नयाँ वानेश्वर महोत्सव

skoda
  • Get News Alerts

united
tata

नयाँ बानेश्वर उपभोक्ता समाजले आगामी माघ १ गते नयाँ बानेश्वरमा सांगीतिक कार्यक्रमसहित फुड फेस्टिबल गर्ने भएको छ । समाजले बिहिबार पत्रकार सम्मेलन गरी फेस्टिबलबारे जानकारी गराएको हो। कार्यक्रममा विभिन्न सांगीतिक समूहले प्रस्तुति पनि दिनेछन्। त्यसैगरी विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुले पनि सांगीतिक प्रस्तुती गर्ने समाजका अध्यक्ष विराटप्रकाश मैनालीले जानकारी दिए।

कार्यक्रममा विभिन्न खानाका परिकारसँगै सांगीतिक प्रस्तुतिहरुको मज्जा लिन सकिने आयोजकले जनाएको छ । फेस्टिवलमा पाँच हजार भन्दा बढी दर्शकले सहभागिता जनाउने अपेक्षा रहेको समाजका महासचिव विजयविक्रम राणाले जानकारी दिए।

कार्यक्रममा क्रिकेट खेलाडी पारस खड्का, कलाकार दिपाश्री निरौला, पूर्व गृहसचिव टिकादत्त निरौला र पूर्व प्रहरी महानिरिक्षक प्रदिपशमशेर राणालाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको आयोजकले जनाएको छ।

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • ट्रकसँग मोटरसाइकल ठोक्किदाँ एकको मृत्यु

    मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एकजनाको मृत्यु भएको छ। स४प ४८६१ नं को मोटरसाइकल बा२ख ५२०८ नं को ट्रकसँग आज बाहुनीडाँडा–५ स्थित रातोडाँडामा ठोक्किदाँ त्रियुगा नगरपालिका–२ का ३५ वर्षीय कमल राईको मृत्यु भएको हो।

  • दुर्घटनामा चालकको मृत्यु

    काभ्रेपलाञ्चोकको महादेवस्थान गाविस–९ मा आज भएको ट्र्याक्टर दुर्घटनामा चालकको घटनास्थलमा नै मृत्यु भएको छ। स्थानीय महादेवस्थानबाट हिगुवापाटी जाँदै गरेको ना५त ३८५१ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा महादेवस्थान गाविस–९ का ४५ वर्षीय कृष्णबहादुर राई दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। उनले मदिरासमेत सेवन गरेर ट्र्याक्टर चलाएको बताइएको छ ।

  • विश्वकै अग्लो बुद्ध मूर्ति निर्माणार्थ एक करोड १८ लाख सङ्कलन

    पोखरा उपमहानगरपालिका–२१ काहुँकोटमा निर्माण गर्न लागेको यशोधरा वाटिका एवम् विश्वकै अग्लो बुद्ध मूर्तिका लागि एक सय ८९ रोपनी जग्गा र एक करोड १८ लाख नगद सङ्कलन भएको छ। धर्मकाया बुद्ध मण्डला विकास एवम् व्यवस्थापन समितिद्धारा आज काहुँकोटमा आयोजित बुद्ध मण्डला निर्माणार्थ भूमिदान कार्यक्रममा धारापानी सामुदायिक वन उपभोक्ता समूहले १७० रोपनी जग्गाको स्वामित्व हस्तान्तरण गरेको हो।

  • चितवनमा भूकम्पपीडितको लगत सङ्कलन कार्य तीव्र

    चितवनमा करिब डेढ महिनाको अवधिमा आठ हजार ५०० भूकम्पपीडितको लगत सङ्कलन भएको छ। भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि सुरु भएको पुनः लगत सङ्कलनका क्रममा आजसम्म जिल्लामा करिब आधा काम सकिएको जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय चितवनका संयोजक जीवनाथ आचार्यले जानकारी दिए। 

  • चिर्पटले टाउकोमा प्रहार गरी पूजारीको हत्या

    महोत्तरीको बर्दिवास नगरपालिका– ५ स्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका पूजारी ७९ वर्षीय बाबा रामजी शाहीको आज हत्या भएको छ। मन्दिरको ५० मिटर पश्चिमतर्फ पिसाब गर्न गएको समयमा बाँसको चिर्पटले टाउकोमा प्रहार गरी उनको हत्या गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी