वरिष्ठ पत्रकार उपाध्यायको अन्त्येष्टी

  • Get News Alerts

tata

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले वरिष्ठ पत्रकार मणिराज उपाध्यायप्रति अन्तिम श्रद्धाञ्जलि दिँदै उनी चेतना र सूचनाका तपस्वी भएको बताएका छन्।

पशुपति आर्यघाटमा आज विहान गरिएको श्रद्धाञ्जलि कार्यक्रममा मन्त्री कार्कीले नेपालीमा आवाज र चेतना छ भन्ने जगाएर स्वाभिमानका साथ प्रेस स्वतन्त्रता बचाउनमा उपाध्यायको भूमिकाको प्रशंसा गरे।

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति उपाध्यायको गएराति हृदयाघातका कारण ९४ वर्षको उमेरमा निधन भएको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उपाध्यायले कठिन स्थितिमा पनि स्वाभिमानका साथ पत्रकारिता गरेको स्मरण गरे।

महासङ्घका पूर्वसभापति हरिहर विरहीले आफ्नो स्वाभिमान र मुलुकको हितमा कसैसँग उपाध्यायले सम्झौता नगरेको बताए।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले उपाध्यायको पार्थिव शरीरमा संस्थाको झन्डा ओढाउँदै शोक मनाउन तीन दिन महासङ्घका तर्फबाट औपचारिक कार्यक्रम आयोजना नगरिने जानकारी दिए। उपाध्यायको आजै विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । रासस

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • कारागार र हिरासत कक्षको भौतिक अवस्था सुधार गर्न सुझाव

    राष्ट्रिय मानवाधिकार आयोगको टोलीले आज सिन्धुलीको कारागार तथा हिरासत कक्षको अवलोकन गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत दीपेन्द्र सिंहसहितको टोलीले जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्ष र जिल्ला कारागार शाखा सिन्धुलीको अवस्थाका बारेमा स्थलगत अवलोकन गरेको हो।

  • कागजमै अल्झियो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

    राष्ट्रिय गौरवको आयोजना बारास्थित निजगढ विमानस्थल निर्माणको काम कागजी प्रक्रियामै अल्झिएको छ। अन्तर्राष्ट्रिय कोरियन कम्पनी ल्याण्ड मार्क वल्र्ड वाइड (एलएमडब्लु) को फिजिबिलिटी प्रतिवेदनबारे निर्णय नहुँदा विमानस्थलको कामले गति लिन नसकेको हो। उक्त कम्पनीले सन् २०१० मै विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन (फिजिबिलिटी) को प्रतिवेदन तयार गरेको थियो ।

  • चैत १ गतेदेखि चुरोट बेच्न छुट्टै पसल, किराना/पान पसल वा नाङ्लोमा पनि बेच्न नपाइने

    चैत १ गतेदेखि चुरोट बेच्न छुट्टै पसल, किराना/पान पसल वा नाङ्लोमा पनि बेच्न नपाइने

    सरकारले चुरोट र खैनी बिक्रीसम्बन्धि नियमलाई अझ कडा बनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सुर्तीजन्य पदार्थ बिक्रीका लागि सरकारबाट स्वीकृति लिनुपर्ने छ र यस्तो पसल छुट्टै सञ्चालन गर्नुपर्ने छ। यो नियम आउने चैत १ बाट कार्यान्वयन हुने स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. रामेश कोइरालाले सेतोपाटीलाई जानकारी दिए।

  • इटलीको एउटा होटलमा ३० शव भेटिए

    इटलीमा एउटा होटलमा बिहीबार तीस वटा शव भेटिएको स्थानीय सञ्चार मध्यमहरुले जनाएका छन्। ती सञ्चारमाध्यमले जनाएअनुसार इटलीको भित्री भागमा रहेको सो होटलमा हिउँ पहिरो जाँदा ती मानिसहरुको मृत्यु भएको जनाएको छ।

  • एकदिवसीयमा धोनीको १० औं सतक

    एकदिवसीयमा धोनीको १० औं सतक

    भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीले एकदिवसीयमा आफ्नो १० औं सतक पुरा गरेका छन्। उनले इङ्ल्यान्डविरूद्ध कटकमा भइरहेको दोस्रो एकदिवसीयमा १ सय ६ बलमा सतक पुरा गरे।  दुई साताअघि एकदिवसीयबाट सन्यास लिएपछि उनको पहिलो सतक हो। उनले तीन छक्का र ९ चौकाको सहयोगले सतक पुरा गरेका हुन्।

hundai

लोकप्रिय

vianet

सूचनापाटी