बाटो नभएपछि स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन सकेन

  • Get News Alerts

tata

झापाको केचना–३ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन।

निर्माण सम्पन्न भएको छ महिना बित्न लाग्दा पनि नयाँ भवनसम्म जाने बाटो नहुँदा भवन सञ्चालनमा आउन नसकेको हो । जग्गादाता पञ्चानन्द राजवंशीले दिएको पाँच कट्ठा क्षेत्रफलमा एक करोड ६८ लाख ३९ हजार १ सय २१ रुपैयाँको लागतमा सुविधा सम्पन्न दुई तले भवन बनेको छ।

नवनिर्मित स्वास्थ्य चौकीको भवन बाटोदेखि करिब १५० मिटरको दूरीमा खेतको बीचमा रहेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसूधन कोइरालाले सरकारले भवन निर्माणका लागि मात्र रकम दिने भएकाले जग्गाको समस्या त्यहीका स्थानीयवासीले समाधान गर्नुपर्ने बताए। बाटोको टुङ्गो नलागी भवन निर्माण गर्न मिल्छ भन्ने राससकर्मीको जिज्ञासामा उनले भने – “बाटोबिनै भवन कसरी बन्यो त्यो आश्चर्यको कुरा हो, स्थानीय स्वयम्ले यसको समाधान गर्नुपर्छ ।”

बाटोका विषयमा गाविस सचिव सोमनाथ पौडेलसँग बुझ्दा उनले गाउँ परिषद्को भेलाबाट बाटोको समस्याको समाधान गर्ने बताए। “एक साताभित्र गाउँ परिषद्को भेला बोलाएर बाटोको समस्या समाधान गर्ने तयारीमा हामी छौँ” – सचिव पौडेलले भने।

जग्गादाताले पहिला बाटो दिने मौखिक सहमति गरे पनि हाल आएर नदिएपछि समस्या भएको उनको भनाइ छ । बाटो निश्चित नभइ भवन निर्माण गरिँदा अहिले स्वास्थ्य चौकी केचनामा समस्या भएको छ । रासस

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • कारागार र हिरासत कक्षको भौतिक अवस्था सुधार गर्न सुझाव

    राष्ट्रिय मानवाधिकार आयोगको टोलीले आज सिन्धुलीको कारागार तथा हिरासत कक्षको अवलोकन गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत दीपेन्द्र सिंहसहितको टोलीले जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्ष र जिल्ला कारागार शाखा सिन्धुलीको अवस्थाका बारेमा स्थलगत अवलोकन गरेको हो।

  • कागजमै अल्झियो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

    राष्ट्रिय गौरवको आयोजना बारास्थित निजगढ विमानस्थल निर्माणको काम कागजी प्रक्रियामै अल्झिएको छ। अन्तर्राष्ट्रिय कोरियन कम्पनी ल्याण्ड मार्क वल्र्ड वाइड (एलएमडब्लु) को फिजिबिलिटी प्रतिवेदनबारे निर्णय नहुँदा विमानस्थलको कामले गति लिन नसकेको हो। उक्त कम्पनीले सन् २०१० मै विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन (फिजिबिलिटी) को प्रतिवेदन तयार गरेको थियो ।

  • चैत १ गतेदेखि चुरोट बेच्न छुट्टै पसल, किराना/पान पसल वा नाङ्लोमा पनि बेच्न नपाइने

    चैत १ गतेदेखि चुरोट बेच्न छुट्टै पसल, किराना/पान पसल वा नाङ्लोमा पनि बेच्न नपाइने

    सरकारले चुरोट र खैनी बिक्रीसम्बन्धि नियमलाई अझ कडा बनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सुर्तीजन्य पदार्थ बिक्रीका लागि सरकारबाट स्वीकृति लिनुपर्ने छ र यस्तो पसल छुट्टै सञ्चालन गर्नुपर्ने छ। यो नियम आउने चैत १ बाट कार्यान्वयन हुने स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. रामेश कोइरालाले सेतोपाटीलाई जानकारी दिए।

  • इटलीको एउटा होटलमा ३० शव भेटिए

    इटलीमा एउटा होटलमा बिहीबार तीस वटा शव भेटिएको स्थानीय सञ्चार मध्यमहरुले जनाएका छन्। ती सञ्चारमाध्यमले जनाएअनुसार इटलीको भित्री भागमा रहेको सो होटलमा हिउँ पहिरो जाँदा ती मानिसहरुको मृत्यु भएको जनाएको छ।

  • एकदिवसीयमा धोनीको १० औं सतक

    एकदिवसीयमा धोनीको १० औं सतक

    भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीले एकदिवसीयमा आफ्नो १० औं सतक पुरा गरेका छन्। उनले इङ्ल्यान्डविरूद्ध कटकमा भइरहेको दोस्रो एकदिवसीयमा १ सय ६ बलमा सतक पुरा गरे।  दुई साताअघि एकदिवसीयबाट सन्यास लिएपछि उनको पहिलो सतक हो। उनले तीन छक्का र ९ चौकाको सहयोगले सतक पुरा गरेका हुन्।

hundai

लोकप्रिय

vianet

सूचनापाटी