झापा कारागारमा क्षमताभन्दा दोब्बर कैन्दीबन्दी

  • Get News Alerts

united
tata

झापा जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेका छन्।

कारागारको क्षमता ३५० जनाको भए पनि हाल ८५६ जना कैदीबन्दी रहेकाले जाडोको समयमा पनि उनीहरु कारागारको बरन्डामा सुत्न बाध्य भएको कारागारका लेखापाल खड्ग ओलीले जानकारी दिए।

कारागारमा ७८० पुरुष र तीन बालबालिकासहित ७६ महिला रहेका छन् । एउटै कोठामा १५० जनासम्म कैदीबन्दी राख्दा पनि ठाउँ अपुग हुँदा कैन्दीबन्दी बरन्डामा सुतिरहेको उनले बताए। रासस

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • हुलाकमा अब नयाँ पद्धति, सामान कहाँसम्म पुग्यो भनी सहजै थाहापाइने

    हुलाकमा अब नयाँ पद्धति, सामान कहाँसम्म पुग्यो भनी सहजै थाहापाइने

    गोश्वारा हुलाक कार्यालयले ‘पोष्टल इन्टर्नल ट्रयाकिङ सिस्टम’ (पिआइटिएस) सञ्चालनमा ल्याएको छ। दुई महिनाको परीक्षणपछि आजदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको उक्त पद्धतिबाट ग्राहकले काउन्टरमा दर्ता गर्न ल्याएदेखि आफ्नो सामान कहाँसम्म पुग्यो भनी सहज जानकारी प्राप्त सक्नेछन्।

  • भू–क्षय रोक्न बगरमा उखुखेती

    देखतभूलीका बासिन्दाले वनहरा र दोदा नदीले गर्दै आएको भू—क्षय रोक्नका लागि उखुखेती गरेका छन्। जैविक तटबन्धका रुपमा उखुखेती गरिएपछि भूक्षय हुँदै आएको जग्गा जोगिएको छ। “नदीले बर्सेनि कटान हुँदा जमिन बगर बन्यो, अहिले उखु लगाएका छौँ,” स्थानीयवासी गङ्गाराम चौधरीले भने– “उखुखेती गरेपछि जग्गाको भूक्षय हुने क्रम रोकिएको छ।”

  • ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

    चकचके–लिवाङ सडकखण्ड कालोपत्रे मर्मत गरिरहेको एक ट्याक्टर आज दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। रा१त २१८२ नंको ट्र्याक्टर खडक दल गण लिवाङ ब्यारेक र जिल्ला शिक्षा कार्यालय, रोल्पाको बीचमा पर्ने दिउनधारा भन्ने स्थानमा दुर्घटना हुँदा सोही ट्र्याक्टरका चालक साविक रोल्पा जैमाकसला–७, रोकाटोल हाल सुनछहरी गाउँपालिका वडा नं ५ निवासी २५ वर्षीय विनोद रोकामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए। 

  • नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ६ घन्टा बन्द

    नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ६ घन्टा बन्द

    निर्माणाधिन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ६ घन्टा बन्द गरेर निर्माण कार्य सुरु भएको छ। सडक निर्माण कार्यलाई तीव्रता दिन आजदेखि सो सडक बन्दको समयमा डेढ घन्टा बढाएर दैनिक ६ घन्टा पुर्‍याइएको हो। यसअघि दैनिक साढे चार घन्टा मात्रै सडक बन्द हुँदै आएको थियो।

  • निकुञ्ज सुरक्षार्थ ‘अप्रेशन महाहन्ट’ प्रभावकारी

    निकुञ्ज सुरक्षार्थ ‘अप्रेशन महाहन्ट’ प्रभावकारी

    चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तीन महिनाअघि थालिएको ‘अप्रेशन महाहन्ट’ निकै प्रभावकारी हुँदै गएको छ। दुर्लभ वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका साथै महाहन्टका क्रममा वन पैदावार र नदीजन्य पदार्थको अवैध ओसारपसारसमेत नियन्त्रणमा आएको छ।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी