एकैघरका चार मिर्गौला पीडितलाई सहयोग

  • Get News Alerts

tata

एकै घरका चार सदस्य मिर्गौैला रोगबाट पीडित बनेको परिवारलाई मिर्गौला प्रत्यारोपण गर्न प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन्।

पर्वतको कुर्घा गाविस–२ को त्रिलोचन शर्माको परिवारलाई प्रवासी युवाले आर्थिक सहयोग गरेका हुन्। मिर्गौला पीडित परिवारका लागि सहयोग सङ्कलन अभियान चलाइरहेको एकता युवा क्लब, पर्वतको संयोजनमा नेदरल्यान्डमा बस्ने प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन्। जनसम्पर्क समिति नेदरल्यान्डका पूर्वअध्यक्ष मनोहरि शर्मा र उपाध्यक्ष विष्णु पोखरेलको अगुवाइमा सङ्कलन भएको ६५ हजार पाँचसय १३ रुपैयाँ पीडित शर्मालाई हस्तान्तरण गरिएको छ ।

पर्वतका प्रजिअ शम्भुप्रसाद मरासिनीले सहयोग रकम बुधबार हस्तान्तरण गरेका हुन्। केही दिनपहिले जिविस पर्वतले ४० हजार रुपैयाँ सहयोग गरेको छ ।

सहयोग हस्तान्तरण गर्दै प्रजिअ शम्भुप्रसाद मरासिनीले पीडित परिवारका लागि सरकारी निकायबाट हुनसक्ने सहयोग गर्न आफू तयार रहेको बताए। एकता युवा क्लबका अध्यक्ष अच्युत तिवारीले पीडित परिवारको घाउमा मल्हम लगाउन सहयोग सङ्कलन अभियान जारी राख्ने बताए। “अहिले सानो सहयोग सङ्कलन भएको छ”, उनले भने, “यसलाई अभियानकै रुपमा अगाडि लैजान्छौँ ।”

शर्माको परिवारका चारजना सदस्यको मिर्गौला फेल भएको छ। एक सन्तानको सोही कारणले ज्यान गइसकेको छ भने परिवारका अन्य सदस्यले प्रत्यारोपणका लागि मिर्गौला दान गरेपछि यो परिवारका सबै सदस्यको एउटा एउटा मात्र मिर्गौला बाँकी छ। विगत एक दशकदेखि यस्तै समस्या भोग्दै आएका शर्माले आर्थिक सहयोग र आफन्तले दिएको ऋणले अहिलेसम्म चार जनाको उपचार र बाँकी सदस्यको औषधि खर्च चलाउँदै आएको बताए।

“चार/चार जनाको मिर्गौला प्रत्यारोपण र नियमित औषधि खर्च जुटाउन मुस्किल छ”, उनले भने, “सहयोगी मन र आफन्त नभए परिवारका सबै सदस्यले जीवनको कल्पना पनि गर्न सक्दैनन् ।” मिर्गौला फेल भएर समयमा उपचार हुन नसक्दा जेठो छोरा प्रकाश पौडेलको ज्यान गइसकेको छ भने छोरी र छोराको मिर्गौला प्रत्यारोपण गरिएको छ। अहिले श्रीमतीका दुईवटै मिर्गौला फेल भएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ।

“रोगलाई मानिसको सबैभन्दा ठूलो शत्रु मानेर नै होला, शत्रु लागेपनि रोग नलागोस् भनेर कामना गरिन्छ तर, मेरो परिवारका लागि रोग नै सबैभन्दा ठूलो शत्रु बनेर आयो”, शर्माले भने, “परिवारका सबै सदस्य मिर्गौलाबाट पीडीत हुँदा घरबास उठ्यो ।”

श्रीमती प्रेमकला पौडेलको अहिले डायलाइसिस भइरहेको छ । उनको मिर्गौला प्रत्यारोपण गर्न जरुरी भइसकेको छ । “डायलाइसिसबाट सधैँ बस्न सकिँदैन”, त्रिलोचनले भन्छन्–“सहयोग पाएमा छिट्टै प्रत्यारोपण गर्ने योजनामा छु, आफूसँग प्रत्यारोपण गर्ने धन छैन ।” 

माइली छोरी र कान्छो छोराको मिर्गौला प्रत्यारोपण गरेपनि सङ्क्रमण हुने र नियमित रुपमा औषधि खानुपर्ने समस्या छ । जेठो छोरा प्रकाशको २०६३ सालमा २६ वर्षको उमेरमा मिर्गौलाकै कारण भारतको मुम्बईमा निधन भएको थियो । उनलाई मिर्गौला खराब भएको भन्ने जानकारी नभएपछि उपचारकै अभावमा मृत्यु भयो । कान्छो छोरा दीपकको २३ वर्षको उमेरमा मिर्गौला प्रत्यारोपण गरिएको छ । रासस

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • कारागार र हिरासत कक्षको भौतिक अवस्था सुधार गर्न सुझाव

    राष्ट्रिय मानवाधिकार आयोगको टोलीले आज सिन्धुलीको कारागार तथा हिरासत कक्षको अवलोकन गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत दीपेन्द्र सिंहसहितको टोलीले जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्ष र जिल्ला कारागार शाखा सिन्धुलीको अवस्थाका बारेमा स्थलगत अवलोकन गरेको हो।

  • कागजमै अल्झियो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

    राष्ट्रिय गौरवको आयोजना बारास्थित निजगढ विमानस्थल निर्माणको काम कागजी प्रक्रियामै अल्झिएको छ। अन्तर्राष्ट्रिय कोरियन कम्पनी ल्याण्ड मार्क वल्र्ड वाइड (एलएमडब्लु) को फिजिबिलिटी प्रतिवेदनबारे निर्णय नहुँदा विमानस्थलको कामले गति लिन नसकेको हो। उक्त कम्पनीले सन् २०१० मै विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन (फिजिबिलिटी) को प्रतिवेदन तयार गरेको थियो ।

  • चैत १ गतेदेखि चुरोट बेच्न छुट्टै पसल, किराना/पान पसल वा नाङ्लोमा पनि बेच्न नपाइने

    चैत १ गतेदेखि चुरोट बेच्न छुट्टै पसल, किराना/पान पसल वा नाङ्लोमा पनि बेच्न नपाइने

    सरकारले चुरोट र खैनी बिक्रीसम्बन्धि नियमलाई अझ कडा बनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सुर्तीजन्य पदार्थ बिक्रीका लागि सरकारबाट स्वीकृति लिनुपर्ने छ र यस्तो पसल छुट्टै सञ्चालन गर्नुपर्ने छ। यो नियम आउने चैत १ बाट कार्यान्वयन हुने स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. रामेश कोइरालाले सेतोपाटीलाई जानकारी दिए।

  • इटलीको एउटा होटलमा ३० शव भेटिए

    इटलीमा एउटा होटलमा बिहीबार तीस वटा शव भेटिएको स्थानीय सञ्चार मध्यमहरुले जनाएका छन्। ती सञ्चारमाध्यमले जनाएअनुसार इटलीको भित्री भागमा रहेको सो होटलमा हिउँ पहिरो जाँदा ती मानिसहरुको मृत्यु भएको जनाएको छ।

  • एकदिवसीयमा धोनीको १० औं सतक

    एकदिवसीयमा धोनीको १० औं सतक

    भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीले एकदिवसीयमा आफ्नो १० औं सतक पुरा गरेका छन्। उनले इङ्ल्यान्डविरूद्ध कटकमा भइरहेको दोस्रो एकदिवसीयमा १ सय ६ बलमा सतक पुरा गरे।  दुई साताअघि एकदिवसीयबाट सन्यास लिएपछि उनको पहिलो सतक हो। उनले तीन छक्का र ९ चौकाको सहयोगले सतक पुरा गरेका हुन्।

hundai

लोकप्रिय

vianet

सूचनापाटी