मलेसियामा एक नेपालीको मृत्यु

  • Get News Alerts

united
tata
 वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ।

तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको मलेसियामा कार्यरत बुद्धिमान राईले जानकारी दिए।

मलेसियाको पोर्ट केलाङ कम्पनीमा कार्यरत उनको शव शुक्रबार नेपाल ल्याउने तयारी भइरहेको छ। बेनुप मलेसियामै हुँदा नेपालमा उनकी आमा र दिदीको समेत मृत्यु भइसकेको छ। रासस
Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • पुस्तकालय निर्माण गर्न करिब दुई करोड अनुदान

    झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न सरकारले एक करोड ८२ लाख रुपैयाँ प्रदान गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले गाउँ/गाउँमा पुस्तकालय स्थापना गर्ने उद्देश्यका साथ सबै विद्यालयमा पुस्तकालय स्थापना गर्ने जनाएअनुरुप झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न उक्त रकम प्रदान गरेको हो ।

  • झापाका चौंतिस घरपरिवारलाई जनता आवासको पहिलो किस्ता

    झापाका चौंतिस घरपरिवारलाई जनता आवासको पहिलो किस्ता

     जनताको आवास कार्यक्रम अन्तर्गत झापाका ३४ परिवारले पहिलो किस्ताको रकम पाएका छन् । दलित, मुस्लिम, आदिवासी तथा गरिब परिवारलाई लक्षित गरी सरकारले सञ्चालन गरेको उक्त कार्यक्रम अन्तर्गत उनीहरुले पहिलो किस्ताबापतको  १८ लाख २४ हजार ९५० रुपैयाँ पाएका हुन् ।

  • कञ्चनपुरमा औलो रोगका बिरामी घट्दै

    कञ्चनपुरमा औलो रोगका बिरामी घट्दै

    लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामी कञ्चनपुरमा प्रति वर्ष घट्दै गएका छन् । विषादीरहित झुलको प्रयोगमा व्यापकता र औलोका जीवाणु सार्ने लामखुट्टे नियन्त्रण गर्नका लागि विषादी छर्कने कार्य निरन्तर रुपमा गरिँदै आएकाले औलो रोगका बिरामीप्रति बर्ष घट्दै गएका हुन् ।

  • बौद्धमार्गीलाई ज्योतिष शास्त्र प्रशिक्षण

    शुक्रबार धनकुटा–१ हिलेमा नेपाल तामाङ लामा घेदुङ केन्द्रीय समितिको आयोजना र जिल्ल्ला घेदुङ म्हानीपा घेदुङ धनकुटाको व्यवस्थापनमा सुरु भएको प्रशिक्षणमा प्रदेश नं १ अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, भोजपुर, सङ्खुवासभा, तेह्रथुम र धनकुटाका बौद्धधर्मालम्बी लामा एक सय ५० सहभागी रहेको घेदुङका सचिव निरेन तितुङ तामाङले बताए। हिले बजारमा रहेको थुप्तेन देक्षेन छ्योलिङ गुम्बामा प्रशिक्षण दिइँदैछ ।

  • म्याग्दीका नौ विद्यालय पुनःनिर्माण

    म्याग्दीका नौ विद्यालय पुनःनिर्माण

    दुई वर्षअघिको भूकम्पका कारण क्षति पुगेका जिल्लाका नौ विद्यालयका भवन पुनःनिर्माण भएको छ। जिल्ला शिक्षा कार्यालयको सहयोगमा छ वटा दुईकोठे र तीन वटा तीनकोठे कक्षा कोठा पुनःनिर्माण भएको हो । थप पाँच विद्यालय भवन योजनाको भौतिक निर्माण सम्पन्न भई फरफारक गर्ने क्रममा रहेको छ ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी