आँखा उपचारको अत्याधुनिक सेवा सुरु

  • Get News Alerts

tata

दाङको आँखा अस्पतालले अत्याधुनिक मेसिन खरिद गरेको जनाएको छ। राप्ती आँखा अस्पताल दाङले विभिन्न चार किसिमका आँखा उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक मेसिनहरु जडान गरी सेवा सञ्चालन गरेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिएका छन्। 

अस्पतालले अत्याधुनिक प्रविधि फेकोबाट शल्यक्रियासँगै आँखाको अल्ट्रासाउन्ड मेसिन, आँखाको दृष्टि नशाको जाँचका, आँखाको प्रेसर जाँच गर्नेका लागि ननकन्टेक टोनोमिटर मेसिन खरिद गरी सेवा सञ्चालन गरेको जनाएको छ। दुई करोड ५७ लाख लागतमा ती मेसिन औजार खरिद गरेको अस्पतालले जनाएको छ।

दाङका राप्ती, लमही र बहादुरगन्ज अस्पतालमा एकै साथ आजदेखि सो सेवा गरेको वरिष्ठ नेत्रसहायक शालिकराम गौतमले बताए। यही मेसिन औजार पहिले नहुँदा बिरामी रिफर गर्नुपर्ने बाध्यता अब अन्त्य भएको उनले बताए। “अब आँखाको सबै सेवा यहीँबाट सेवाग्राहीले पाउनेछन् पहिले रिफर गर्नुपर्ने समस्या थियो”, उनले भने। रासस

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • कारागार र हिरासत कक्षको भौतिक अवस्था सुधार गर्न सुझाव

    राष्ट्रिय मानवाधिकार आयोगको टोलीले आज सिन्धुलीको कारागार तथा हिरासत कक्षको अवलोकन गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत दीपेन्द्र सिंहसहितको टोलीले जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्ष र जिल्ला कारागार शाखा सिन्धुलीको अवस्थाका बारेमा स्थलगत अवलोकन गरेको हो।

  • कागजमै अल्झियो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

    राष्ट्रिय गौरवको आयोजना बारास्थित निजगढ विमानस्थल निर्माणको काम कागजी प्रक्रियामै अल्झिएको छ। अन्तर्राष्ट्रिय कोरियन कम्पनी ल्याण्ड मार्क वल्र्ड वाइड (एलएमडब्लु) को फिजिबिलिटी प्रतिवेदनबारे निर्णय नहुँदा विमानस्थलको कामले गति लिन नसकेको हो। उक्त कम्पनीले सन् २०१० मै विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन (फिजिबिलिटी) को प्रतिवेदन तयार गरेको थियो ।

  • चैत १ गतेदेखि चुरोट बेच्न छुट्टै पसल, किराना/पान पसल वा नाङ्लोमा पनि बेच्न नपाइने

    चैत १ गतेदेखि चुरोट बेच्न छुट्टै पसल, किराना/पान पसल वा नाङ्लोमा पनि बेच्न नपाइने

    सरकारले चुरोट र खैनी बिक्रीसम्बन्धि नियमलाई अझ कडा बनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सुर्तीजन्य पदार्थ बिक्रीका लागि सरकारबाट स्वीकृति लिनुपर्ने छ र यस्तो पसल छुट्टै सञ्चालन गर्नुपर्ने छ। यो नियम आउने चैत १ बाट कार्यान्वयन हुने स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. रामेश कोइरालाले सेतोपाटीलाई जानकारी दिए।

  • इटलीको एउटा होटलमा ३० शव भेटिए

    इटलीमा एउटा होटलमा बिहीबार तीस वटा शव भेटिएको स्थानीय सञ्चार मध्यमहरुले जनाएका छन्। ती सञ्चारमाध्यमले जनाएअनुसार इटलीको भित्री भागमा रहेको सो होटलमा हिउँ पहिरो जाँदा ती मानिसहरुको मृत्यु भएको जनाएको छ।

  • एकदिवसीयमा धोनीको १० औं सतक

    एकदिवसीयमा धोनीको १० औं सतक

    भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीले एकदिवसीयमा आफ्नो १० औं सतक पुरा गरेका छन्। उनले इङ्ल्यान्डविरूद्ध कटकमा भइरहेको दोस्रो एकदिवसीयमा १ सय ६ बलमा सतक पुरा गरे।  दुई साताअघि एकदिवसीयबाट सन्यास लिएपछि उनको पहिलो सतक हो। उनले तीन छक्का र ९ चौकाको सहयोगले सतक पुरा गरेका हुन्।

hundai

लोकप्रिय

vianet

सूचनापाटी